Quantcast
Channel: स्वास्थ्य – Sajha Post
Viewing all articles
Browse latest Browse all 3415

मह खानुहोस् तर, यसरी नखानुहोस्

$
0
0

नियमित महको सेवनले हाम्रो स्वास्थमा धेरै फाइदा पुर्याउछ । मानव स्वास्थको लागि बहुउपयोगी मानिन्छ । मह सही तरिकाले खाइएन भने यसले स्वास्थमा नराम्रो असर पनि गर्न सक्छ ।

आयुर्वेद विज्ञानमा मह कुन चिज सँग खाने र कुन चिजसँग नखाने प्रष्ट बताइएको छ । आयुर्वेद चिकित्सकहरुकाअनुसार यी ७ चिजहरुसँग मह खाएमा यसले मानव स्वास्थमा नकरात्मक असर पार्न सक्छ ।
१. तातो खाना
महको प्रभाव हाम्रो शरीरमा गर्मी पैदा गर्नु हो । यदि यसलाई तातो खानाको साथमा खाएमा पखाला लगाएत अन्य स्वास्थ्य समस्याहरु आउन सक्छन् ।
२. चिया वा कफि
चिया र कफिको साथमा महको सेवन गर्नाले हाम्रो शरिरको तापक्रम बढ्छ । यसले उत्तेजना र तनाव बढ्छ ।
३. मूला
महको साथमा मूला खानाले शरीरमा विषाक्त पदार्थ उत्पन्न हुन्छ । यसले शरीरको अङ्गहरु ड्यामेज हुने खतरा बढ्छ ।
४. तातो पानी
तातो पानीको साथमा मह नखानुहोस । यसले शरीरमा गर्मी बढाँउछ जसले पेट खराब हुने समस्या आँउछ ।
५. माछा र मासु
माछा र मासुको साथमा मह खानाले यसले शरीरमा विषाक्त पदार्थ उत्पन्न गर्छ जसले हाम्रो स्वास्थमा नराम्रो असर पर्न सक्छ ।
६. तेल
कुनै पनि तेलको साथमा मह नखानुहोस । यसले हाम्रो शरीरको आन्तरिक अङ्गहरुमा खराब असर गर्न सक्छ ।
७. घिउ
घिउ र महको बराबर मात्रा मिलाएर नखानुहोस । यसले शरीरमा विष फैलने खतरा बढ्छ ।

The post मह खानुहोस् तर, यसरी नखानुहोस् appeared first on Sajha Post.


Viewing all articles
Browse latest Browse all 3415

Trending Articles