स्याउ हामी सबैलाई मनपर्ने फल हो । तर स्याउ खाँदा हामीले सानो कुरामा ध्यान दिन सकेनौं भने यसले स्वास्थ्यमा गम्भीर असर पुग्न सक्छ ।
स्याउको भित्री भागमा हुने दाना वा बीउमा साइनाइड नामको बिष हुन्छ । उक्त बिउमा एमेग्डलाइन हुन्छ जसले पेटमा पाचन प्रक्रियामा सघाउने एन्जाइमहरुसँग प्रतिक्रिया गरेर साइनाइड निकाल्दछ । प्राकृतिक रुपमा बिउको बोक्रा धेरै नै कडा हुन्छ, जसलाई फुटाउन गाह्रो हुन्छ ।
यदि तपाईले दाना नचपाईकन निल्नुभयो भने डराउनुपर्ने अवस्था हुँदैन । तर यसलाई चपाएर निलिएको अवस्थामा पेटमा साइनाइड निस्कन्छ । जसले तत्काल तपाईंको स्वास्थ्य बिगार्दछ ।
हेर्नुहोस् स्याउको बिउमा साइनाइड हुन्छ भन्ने पुष्टि गर्ने भिडियो-
-विभिन्न स्वास्थ्यसम्बन्धी पत्रिकाहरुको सहयोगमा
The post स्याउ खान आउँछ ? याद गर्नुहोस् स्याउको दानामा हुन्छ प्राणघातक बिष appeared first on Sajha Post.