Quantcast
Channel: स्वास्थ्य – Sajha Post
Viewing all articles
Browse latest Browse all 3415

२८ वर्षीया युवतीलाई ‘सेक्स एडिक्शन’का कारण डिप्रेसन, खोलिन् यस्तो रहस्य

$
0
0

एजेन्सी, ७ फाल्गुन । अठ्ठाइस वर्षीया एक बेलायती महिलाले अनौठो खुलासा गरेकी छन् ।

बेलायतमा बस्दै आएकी फ्याङ्की कोन्सिडिनले एक अन्तर्वातामा आफूले १३० जना पुरुषसँग यौन सम्पर्क गरिसकेको बताएकी छन् । कोन्सिडिनले यति धेरै पुरुषसँग शारीरिक सम्पर्क राख्नुको कारण भने अनौठो छ ।

अन्तर्वातामा कोन्सिडिनले आफूले एउटा मानसिक स्वास्थ्य समस्याबाट गुज्रिरहेको बताइन् । उनले आफू ‘सेक्स एडिक्ट’ (संभोगको कुलतमा फसेको) भएको कुरा निर्धक्कसँग राखिन् । र यही कारणले १३० जना पुरुषसँग यौन सम्पर्क राखेको बताइन् । रात गुजार्ने पुरुष तय भएपछि मात्रै आफ्नो दिमागले काम गर्ने गरेको पनि उनले बताइन् ।

धेरैजनासँग यौन सम्पर्क राख्दा आफूले शारीरिक तथा मानसिक क्षति व्यहोरेको पनि कोन्सिडिनले बताइन् । ‘सेक्स एडिक्ट’ कै कारण आफू डिप्रेशनको शिकार भएको पनि उनले बताइन् ।

बाबुआमाले सम्बन्धविच्छेद गरेपछि यसको असरले आफू ‘सेक्स एडिक्ट’ भएको हुन सक्ने कोन्सिडिनको भनाइ थियो । उनी १३ वर्षको हुँदा बाबुआमाले सम्बन्ध विच्छेद गरेका थिए । क्यान्सरका कारण उनकी आमाको निधन भएको थियो ।

कोन्सिडिनले सामना गरिरहेको स्वास्थ्य समस्या अर्थात् ‘सेक्ट एडिक्शन’ लाई चिकित्सकहरूले ‘मानसिक स्वास्थ्य समस्या’ भन्ने गर्छन् । महिला र पुरुष दुबैमा यो समस्या देखिन्छ । टाइगर वुड्स र रसेल ब्र्याड जस्ता सेलिब्रिटी पनि यो समस्याबाट गुज्रेका थिए ।

एक अध्ययन अनुसार बेलायतमा ६ लाख ६० हजार महिलाहरू ‘सेक्स एडिक्शन’ बाट पीडित रहेका छन् । बेलायतको रोयल कलेज अफ साइकियट्रिस्टले देशका ४ प्रतिशत मानिस ‘सेक्स एडिक्ट’ रहेको बताएको छ । जसमध्ये एक चौथाई महिला छन् । तर ‘सेक्स एडिक्ट’ हुनुको कारण हालसम्म खुलेको छैन ।

The post २८ वर्षीया युवतीलाई ‘सेक्स एडिक्शन’का कारण डिप्रेसन, खोलिन् यस्तो रहस्य appeared first on Sajha Post.


Viewing all articles
Browse latest Browse all 3415

Trending Articles