एजेन्सी । सोचेको तथा अड्कलेको जति ठिक्क त कहाँ हुन्छ र, कहिलेकाहीँ त पकाएको भात बाँकी रहन्छ नै । एउटा निश्चित समयका लागि खान भनेर पकाएको खाना बाँकी रह्यो भने त्यसलाई ‘बासी भात’ भन्ने चलन नेपालमा छ ।
पूरानो संस्कार मन्ने ब्राह्मणहरु कतिपयले अझै पनि बासी भात खाँदैनन् । शिक्षित वर्ग तथा युवाहरुले पनि स्वास्थ्यको दृष्टिकोणले यसलाई महत्व दिँदैनन् । त्यसैले बासी रहने भात प्राय: खेर जाने गरेको पाइन्छ ।
बासी खानाले फाइदा गर्दैन भन्ने कुरा त धेरैलाई थाहा छ । तर, के तपाईं-हामीले जानेको यो तथ्य अर्धसत्यमात्रै हो भन्ने कुरामा तपाईं जानकार हुनुहुन्छ ? त्यसो भए जानिराख्नुस्, बासी भात पनि कतिपय अवस्थामा तपाईंको स्वास्थ्यका लागि निकै फाइदाजनक हुनसक्छ ।
अब पकाएको खाना बच्यो भने त्यसलाई नफाल्नुस्, त्यसलाई सामान्य सावधानी अपनाएर सुरक्षित राख्नुस् । यदि बेलुकाको खाना बच्यो भने त्यसलाई माटोको भाँडोमा हल्का भिजाएर राख्नुस् । रातभरी यसरी राखेको खान बिहानसम्ममा पुन: ताजा र खानका लागि योग्य रहनेछ । चाहनुभयो भने बिहान यसलाई काँचो प्याजसँग ब्रेकफास्टकोरुपमा पनि खान सक्नुहुन्छ ।
ख्याल राख्नुहोला, यसरी राख्ने भाँडो भने माटोकै हुनु अनिवार्य छ ।
यसरी राखेको बासी खाना खानाले विभिन्न फाइदा हुन्छ । ति मध्ये केही तल उल्लेख गरिएको छ ।
१. माथि उल्लेख गरिएको तरिका अपनाएर राखेको खाना दैनिक खानुभयो भने तपाईंको तापक्रमलाई यसले नियन्त्रणमा राख्नेछ ।
२. यसमा भरपूर मात्रामा फाइबर हुन्छ, जसले कब्जियतको समस्यामा फाइदा पुर्याउँछ ।
३. यसले तपाईंलाई फ्रेस बनाउन पनि सहयोग गर्छ । तपाईंको शरीरमा दिनभर ताजकी कायम रहन्छ ।
४. यदि तपाईंलाई अल्सरको समस्या छ भने हप्तामा तीन पटक माथि भनेजस्तै गरी राखिएको बासी भात खानुस्, यसले अल्सरको घाउ निको बनाउन निकै ठूलो सहयोग गर्छ ।
५. यदि बिहान-बिहान यसप्रकारको बासी खाना खाने बानी लगाउनु भयो भने तपाईंले चिया-कफीको लतसमेत हटाउन सक्नुहुन्छ । जुन तपाईंको स्वास्थ्यका लागि फाइदाजनक पनि छ ।
एक अध्ययनकाअनुसार बासी भातमा माइक्रो-न्यूट्रियन्स तथा अन्य कैयन मिनरल्स हुन्छन् । त्यसकारण पनि बासी भात तपाईंको स्वास्थ्यका लागि फाइदा जनक छ । यद्यपि, यसलाई राख्ने तरिका भने सुरक्षित हुनु अनिवार्य छ ।
The post ब्रेकफास्टमा बासी भात, हुनेछ कल्पनै नगरेको फाइदैफाइदा appeared first on Sajha Post.