Quantcast
Channel: स्वास्थ्य – Sajha Post
Viewing all articles
Browse latest Browse all 3415

तरबुजाको बियाँले पत्थरीलाई यसरी निकाल्छ…

$
0
0

गर्मीमा प्रायः हामी सबैले तरबुजा खाने गर्दछौं । तरबुजाको बियाँलाई औषधीको रुपमा पनि प्रयोग गर्न सकिन्छ भन्ने थाहा नभएर हामीले गुदी मात्रै खाने र बियाँ फालिदिने गर्दछौं ।

विशेषगरी मृगौला तथा मुत्राशयमा हुने पत्थरीलाई तरबुजाको बियाँले निकाली दिन्छ भन्ने कमैलाई थाहा हुन्छ । यतिमात्रै होइन, तरबुजाको बियाँले मुटुसम्बन्धी अन्य रोगलाई पनि निको पार्दछ ।

तरबुजाको बियाँले कसरी निकाल्छ त पत्थरीलाई ?

सबैभन्दा पहिला तरबुजाको बियाँको बाहिरी भाग वा बोक्रा फाल्नुहोस् । बोक्रा फालेर १२ ग्राम जति बनाएपछि यसलाई सिलौटामा राखी पानीसँगै पिध्नुहोस् । यसरी पिध्दा जति धेरै पिध्यो त्यति राम्रो हुन्छ ।

त्यसपछि यसलाई आधा लिटर पानीमा मिसाउनुहोस् । यसको स्वादलाई मीठो बनाउन थोरै मिश्री हाल्नुहोस् र यसरी बनाइएको औषधीलाई बिस्तारै पिउनुहोस् । तीतो भएर पिउन ग्राहो भयो भने ५ मिनेटभित्र बिस्तारै पिउँदा पनि हुन्छ ।

आवश्यकता अनुसार ३ देखि ७ दिनसम्म यसरी पिउनुभयो भने सामान्य पत्थरी जान्छ । तर पत्थरी ठूलो भएमा केही दिन यस्तो औषधी बनाएर खानुपर्दछ । तर औषधी खाँदा बिहान खाली पेटमा खानुपर्दछ ।

The post तरबुजाको बियाँले पत्थरीलाई यसरी निकाल्छ… appeared first on Sajha Post.


Viewing all articles
Browse latest Browse all 3415

Trending Articles