Quantcast
Channel: स्वास्थ्य – Sajha Post
Viewing all articles
Browse latest Browse all 3415

निद्रा लाग्दैन ? अनुसन्धानको निष्कर्षले तपाईंलाई झस्काउन सक्छ

$
0
0

एजेन्सी । यदि तपाई छ घण्टाभन्दा कम सुत्ने मेटाबोलिक सिन्ड्रोमबाट पीडित हुनुहुन्छ भने सावधान रहनुहोस् किनकी यस्ता रोगीहरुलाई मृत्युको खतरा दुई गुणा हुने एक अध्ययनले देखाएको छ ।

मेटाबोलिक सिन्ड्रोम मधुमेह, उच्च रक्तचाप र मोटोपनाको मिश्रण हो । हालैमा एउटा अनुसन्धानबाट पत्ता लागेको छ की यस्तो मेटाबोलिक सिन्ड्रोमबाट पीडित मानिसले यदि छ घण्टा भन्दा बढी सुत्यो भने स्ट्रोकको सम्भावना बढी पाइने गरेको छ ।

अनुसन्धानकर्ताहरुले दिएको जानकारी अनुसार मेटाबोलिक सिन्ड्रोमबाट पीडित मान्छेहरुलाई सामान्य मान्छेहरु भन्दा १.९९ प्रतिशतले मृत्युको खतरा हुन्छ ।

युनिभर्सिटी अफ पेसिलवेनियाका सहायक प्राध्यापक एवम् यस अध्ययनका मुख्य लेखक जूलियो फर्नाडीस मेन्डोजाले भने, ‘यदि तपाईलाई मुटुको समस्या छ भने आफ्नो सुत्ने बानीलाई सन्तुलित राख्नुपर्छ । यदि निद्रा कम लाग्ने समस्या छ भने तुरुन्तै चिकित्सकसँग परामर्श लिनुपर्छ ।’

कम निद्रा लाग्ने व्यक्तिहरुमा अलजाइमर जस्ता अन्य मानसिक रोगहरुको डर हुन्छ । इटलीका अनुसन्धानकर्ताहरुले एक ग्रुप मुसाहरुमा गरेको अनुसन्धानले पनि त्यस्ता मानिसहरुमा हृदयघात र मस्तिस्क सम्बन्धी रोगको खतरा बढि हुने देखाएको थियो ।

The post निद्रा लाग्दैन ? अनुसन्धानको निष्कर्षले तपाईंलाई झस्काउन सक्छ appeared first on Sajha Post.


Viewing all articles
Browse latest Browse all 3415

Trending Articles