Quantcast
Channel: स्वास्थ्य – Sajha Post
Viewing all articles
Browse latest Browse all 3415

गायनेकोमास्टियाबारे आफैँ ठिक नहुन सक्छ

$
0
0


के तपाई पनि कहिलेकाहीँ बाथरुममा ऐना अगाडि आएर आफ्नो असामान्य ठूलो चेस्टबारे सोच्नुहुन्छ ? कतिपय व्यक्तिहरुलाई ब्रेस्ट ठूलो भएर निकै समस्या परेको हुन्छ । यस्तो समस्या १०० मा ५० पुरुषहरुमा हुन्छ जसलाई ‘गायनेकोमास्टिया’ भनिन्छ । यसैबारे आज हामी सम्पूर्ण जानकारी दिनेछौँ ।

वास्तवमा पुरुषमा असामान्य रुपमा ठूलो हुने चेस्टका पछाडि स्वास्थ्य सम्बन्धी कारणहरु रहेका छन् जसबारे धेरैलाई थाहा हुँदैन । आफ्नो चेस्ट ठूलो भएर महिलाको जस्तै देखिन थालेपछि धेरै पुरुषहरु चिन्तित हुने गरेका छन् । त्यसैले उनीहरु यो समस्याबाट मुक्त हुन जिम जाने र खानपानमा ध्यान राख्ने एक्सरसाइज गर्ने गर्छन् । तर यो उपाय पनि त्यति प्रभावशाली हुँदैन किनकी यसलाई एक्सरसाइजले मात्र ठिक गर्न सक्दैन ।

यसका लागि ब्रेस्ट टिस्युलाई बाहिर निकाल्न ‘गायनेकोमास्टिया करेक्सन’ सर्जरीको आवश्यक पर्छ । यो नै एउटा भरपर्दो र स्थायी उपाय हो ।

लगभग सबै पुरुषहरुको युवा अवस्थामा समयसँगै विभिन्न परिवर्तनहरु देखा पर्छन् । तर कतिपय पुरुषहरुको केहि समयपछि सामान्य अवस्थामा आउँछ भने कसैको दुई वर्षपछि पनि कम हुँदैन । यदि यस्तो भयो भने बुझ्नुहोस् की तपाई गायनेकोमास्टियाले ग्रसित हुनुभएको छ । यस्तोमा तपाईको चेस्ट आफैँ ठीक हुने सम्भावना न्युन हुन्छ ।

यो रोगको वास्तविक कारण पत्ता लागिसकेको छैन । अनुसन्धानहरुले हर्मोनस्को असन्तुलन वा परिवर्तन, वंशाणु , फ्याट ग्रेन ड्रग्स, कतिपय औषधीको असर अल्कोहल जस्ता कारणहरु हुन सक्ने अनुमान गरेको छ । कतिपय व्यक्तिहरु जीउ बनाउनका लागि स्टेरोइडस् लिने गर्छन् जसले पनि गायनेकोमास्टिया हुने सम्भावना बढाउँछ ।

गायनेकोमास्टिया सबै पुरुषहरुका लागि श्राप भन्दा कम हुँदैन । यसका कारण कतिपयलाई मानसिक तनावसमेत हुने गर्छ । यसबारे उचित जानकारी राख्नुपर्छ र अहिले त सर्जरी गरेर यसबाट सजिलै छुटकारा पाउन सकिन्छ । त्यसका लागि अस्पतालमा एडमिट पनि हुनु पर्दैन र यसको खत पनि बस्दैन । एकै दिनमा सजिलै यसबाट राहत पाइने हुनाले ‘गायनेकोमास्टिया करेक्सन’ सर्जरी अहिले धेरै पुरुषहरुका लागि प्रभावकारी सावित भएको छ ।

The post गायनेकोमास्टियाबारे आफैँ ठिक नहुन सक्छ appeared first on Sajha Post.


Viewing all articles
Browse latest Browse all 3415

Trending Articles