Quantcast
Channel: स्वास्थ्य – Sajha Post
Viewing all articles
Browse latest Browse all 3415

एक घण्टा दौडिए सात घण्टा आयु बढ्ने

$
0
0

एजेन्सी । इओवा स्टेट युनिभरसिटीका वैज्ञानिकहरुले गरेका एक अध्ययनका अनुसार हरेक घण्टा दौडिएमा तपाईले ७ घण्टाको अतिरिक्त जीवन पाइने छ । सात घण्टाको थप जीवनमा अवस्य नै तपाईले धेरै काम गर्न सक्नुहुनेछ ।

सन् २०१४ मा लेखिएको अमेरिकन कलेज अफ कार्डियोलोजी नामको जर्नलमा उल्लेख गरे अनुसार दिनमा ५ देखि १० मिनेटसम्म दौडिँदा पनि मान्छे हृदयघात जस्ता मुटुसम्बन्धी रोगहरुबाट धेरै टाढा रहन सक्छ । यसै जर्नललाई आधार मानेर इओवाले आफ्नो अनुसन्धानबाट उक्त कुरा पत्ता लगाएको हो ।
डल्लासमा कुपर इन्सटिट्युटले अप्रिलमा यी कुराहरु संकलन गरी मुत्युबाट भाग्न सकिन्छ भनेर पोष्ट गरेको थियो ।

इओवाका प्रोफेसर डक छुल लीले पछिल्लो अध्ययनलाई आधार मान्दै गरेको अनुसन्धानबाट पत्ता लगाए कि नियमित दौडनाले मान्छेको अकाल मृत्युलाई ४० प्रतिशतले कम गर्न सक्छ । यसमा कतिको छिटो वा ढिलो दौडिनु पर्छ भन्ने छैन ।

सन् २०१४ मा जस्तै यो अनुसन्धानबाट पत्ता लगाइएको हो की मान्छेलाई दोडिने क्रममा लाग्ने समय भन्दा धेरै समय तपाईले आफ्नो जीवनमा थप्न सक्नुहुनेछ । अनुसन्धानले देखाए अनुसार यदि सबै मानिसहरु नियमित दौडिने हो भने हृदयघातले मृत्यु हुनेको संख्या २५ प्रतिशतले घट्ने छ र १६ प्रतिशतले मानिसको मृत्युदर घट्ने छ । यस अनुसन्धानमा संलग्न मानिस विशेष गरी मध्यम स्तरका गोरा थिए ।

सात घण्टाको थप जिन्दगीका यी आधारहरु रहेका थिए
हरेक हप्तामा २ घण्टाको ट्रेनिङले एउटा ४० वर्षिय व्यक्तिको आयु ६ महिना थप हुनेछ ।
यसले मृत्युदरलाई घटाएर मान्छेको जीवनदरलाई ३.२ वर्ष र औसत रुपमा २.८ ले बढाउनेछ । लीका अनुसार दौडिनाले तपाईलाई अमर त बनाउने छैन तर एक घण्टाको दौडाइस्वरुप तपाईले जीवनमा अर्को ७ घण्टा भने थप्नसक्नुहुनेछ ।

The post एक घण्टा दौडिए सात घण्टा आयु बढ्ने appeared first on Sajha Post.


Viewing all articles
Browse latest Browse all 3415

Trending Articles