हामीले हाम्रो खानामा कागती खाने गरेको भए पनि यसको फाइदाबारे हामी जानकार नहुन पनि सक्छौं । कागतीमा भिटामिन सी प्रशस्तै मात्रामा पाइन्छ, जसले मोटोपना घटाउन सहयोग गर्छ ।
यसले आँखाको समस्याबाट पनि टाढा भगाउँछ । त्यस्तै आज हामी तपाईलाई कागती खानुको फाइदाबारे चर्चा गर्नेछौं ।
१. कागतीमा भिटामिन सी प्रशस्तै हुने भएकाले शरीरको प्रतिरक्षा प्रणाली बलियो बनाउँछ ।
२. रुघाखोकीका बिरामीलाई कागतीपानीले फाइदा गर्छ ।
३. कागतीले पाचन प्रणालीमा सहयोग पुर्याउँछ ।
४. कागतीले एन्जाइम प्रदान गर्ने भएकाले कलेजोलाई स्वस्थ राख्न मद्दत गर्छ ।
५. यसले जोर्नीहरुको दुखाईलाई कम गराउनुका साथै युरिक एसिड हटाउँछ ।
६. दैनिक रुपमा कागतीपानी पिएमा पथ्थरी बन्न पाउँदैन र बनेको पथ्थरीलाई पनि हटाउँछ ।
७. रुघाखोकीको बिरामीलाई कागतीपानी लाभदायी हुन्छ ।
The post कागती खानुहुन्छ भने यी ७ फाइदा थाहा पाइराख्नुहोस् appeared first on Sajha Post.