नयाँदिल्ली, १६ माघ । भारतमा कोरोना भाइरसको पहिलो संक्रमित भेटिएको छ । केरलामा एक जना व्यक्तिमा कोरोना भाइरसको संक्रमण भएको भारतको स्वास्थ्य मन्त्रालयले जनाएको छ ।
चीनको वुहान विश्वविद्यालयमा अध्यननरत विद्यार्थीलाई कोरोना भाइरसको संक्रमण भएकोबताइएको छ । उनलाई निगरानीमा राखिएको स्वास्थ्य मन्त्रालयले जनाएको छ । वुहानबाट फर्किएपछि उनमा कोरोना भाइरसको संक्रमण देखिएको हाे ।
चीनको वुहानबाट फैलिएको प्राणघातक कोरोना भाइरसका कारण बिहीबार बिहानसम्म चीनमा १७० जनाको मृत्यु भएको छ ।
The post भारतमा पनि भेटिए कोरोना संक्रमित appeared first on Sajha Post.