Quantcast
Channel: स्वास्थ्य – Sajha Post
Viewing all articles
Browse latest Browse all 3415

कोरोना भाइरसः २४ घण्टामा ३८ जनाको मृत्यू

$
0
0


बेइजिङ, १६ माघ । चीनमा कोरोना भाइरसबाट मर्नेको संख्या बढेर १७० पुगेको छ । यसबीचमा कोरोनाबाट सबैभन्दा प्रभावित चीनले आफ्नो देश फर्कने मानिसहरुको कडा निगरानी गरिरहेको छ ।

विश्व स्वास्थ्य संगठनका अधिकारीले चीनभन्दा बाहिर पनि कोरोना फैलनसक्ने सम्भावना औंल्याउँदै गहिरो चिन्ता व्यक्त गरेका छन् ।

विहीबारसम्मको तथ्यांक हेर्दा पछिल्लो २४ घण्टामा कोरोना भाइरसका कारण ज्यान गुमाउनेको संख्या ३८ पुगेको छ र १ हजार ७ सय ३७ जनालाई कोरोना भाइरस संक्रमण भएको नयाँ तथ्यांक आएको छ । यससँगै कोरोना भाइरस संक्रमितको संख्या ७ हजार ७ सय ११ जना पुगेका छन् । मृत्यू हुनेमध्ये ३७ जना चीनमा कोरोना भाइरसको सबैभन्दा बढी संक्रमण देखिएको युबेई प्रान्तबाट रहेका छन् भने १ जना सिचुआन प्रान्तको दक्षिणपश्चिम क्षेत्रमा रहेका छन् ।

युबेई प्रान्तमा कोरोनाको सुरुवात १ करोड १० लाख जनसंख्या रहेको वुहानबाट भएको खबर आएको थियो । त्यहाँबाट १ सय ९५ अमेरिकी नागरिक निकालिएका छन् । यिनीहरु कसैमा पनि कोरोनाको लक्षण देखिएको थिएन र अमेरिका फर्किएका उनीहरुलाई दक्षिणी क्यालिफोर्नियाको सैन्य आधारमा ३ दिनदेखि जाँच तथा निगरानी गर्दै आइएको छ ।

यसैबीच विश्व स्वास्थ्य संगठनको आतपकालीन प्रमुखले चीनभन्दा बाहिर जापान, जर्मनी, क्याना र बेलायतमा एक व्यक्तिबाट अर्कोमा फैलिएको कोरोना भाइरसको मुद्दालाई चिन्ताजनक भनेको छ । विषयको गम्भीरतालाई महसुस गर्दै संयुक्त राष्ट्र संघका स्वास्थ्य एजेन्सीका निर्देशकले विहीबार विज्ञहरुको एक कमिटी गठन गरेका छन् । यो समितिको सिफारिसको आधारमा विश्व संकटकाल घोषणाबारे निर्णय हुनसक्छ ।

The post कोरोना भाइरसः २४ घण्टामा ३८ जनाको मृत्यू appeared first on Sajha Post.


Viewing all articles
Browse latest Browse all 3415

Trending Articles