एजेन्सी । विज्ञहरुका अनुसार उच्च क्यालोरीयुक्त फलफूल बिहानै खानु उपयुक्त हुन्छ, यसले बिहानै जोश दिन्छ । तर रातमा त्यस्ता फलफुल खानु हुँदैन । कुन समयमा कुन फलफुल खाने त ?
साँझमाः
साँझ ६ बजेपछि तपाईंको शरिरको मेटाबोलिक दर बिस्तारै घट्दै जान्छ, जसका कारण शरिरले क्यालोरीलाई उपयोग गर्ने क्षमतामा क्रमिक ह्रास आउछ । उच्च क्यालोरियुक्त आँप साँझ परेपछि कुनै पनि हालतमा खानुहुन्न । बरु खरभुज, सुन्ताला, चेरी लगायतका उच्च फाईबरयुक्त फलफुल खानुपर्छ ।
बिहानः
बिहानको समयमा परिश्रम वा काम गरिने भएकोले यो समयमा बढी फाइबरयुक्त फलफूल खानुपर्छ । जस्तो स्याउ, अनार र केरा ।
ब्रेकफास्टपछि र लन्चअघिः
अमिला तथा गुलिया सिट्रस वर्गका फलफुल खाने उपयुक्त समय हो यो । गुलिया र भिटामिन सीयुक्त जस्तै चेरी, स्ट्राबेरी यो समयमा खानुपर्छ । एन्टिअक्सिडियन्ट, फाइबर र क्यालोरियुक्त फाइबर सबैभन्दा बढी उपयुक्त हुन्छ ।
The post जानी राख्नुहोस्, कस्तो फलफुल कुन समयमा खाने appeared first on Sajha Post.