Quantcast
Channel: स्वास्थ्य – Sajha Post
Viewing all articles
Browse latest Browse all 3415

चरक मेमोरियल अस्पतालमा कपाल प्रत्यारोपण सेवा सुरु

$
0
0

काठमाडौँ, १० माघ । पोखराको चरक मेमोरियल अस्पतालमा कपाल प्रत्यारोपण सेवा सुरु भएको छ । नागढुङ्गा र नयाँबजार बाट सेवा दिदैं आएको चरक अस्पतालले नागढुङ्गामा रहेको आफ्नै नयाँ अत्याधुनिक भवनबाट कपाल प्रत्यारोपण ९हेयर ट्रान्सप्लान्ट० सेवा सुरु गरेको हो ।

कपाल प्रत्यारोपण सेवा चरक अस्पतालको छाला, एलर्जी तथा कपाल प्रत्यारोपण बिभागबाट दिन थालिएको डाक्टर प्रबिण बानियाँले जानकारी दिए । सुरक्षीत रहेको अमेरिकन प्रबिधीको मानब सहयोगी स्वचालित प्रत्यारोपन बिधीबाट उक्त सेवा दिईने डाक्टर बानियाँले बताए ।“ यो बिश्वको सबैभन्दा छिटो र सुरक्षीतका साथै नतिजामुखी प्रबिधी हो ” उनले भने ।

कपाल प्रत्यारोपण भनेको आफ्नै शरीरको कुनै भागको कपाललाई निकालेर कपाल नभएको ठाउँमा रोप्ने प्रक्रिया भएकोले टाउकोको पछाडिको भाग, साइडको भाग, दाह्री अनि छातीको कपाललाई निकालेर कपाल नभएको ठाउँमा प्रत्यारोपण गरिने डाक्टर बानियाँ जानकारी दिए ।

The post चरक मेमोरियल अस्पतालमा कपाल प्रत्यारोपण सेवा सुरु appeared first on Sajha Post.


Viewing all articles
Browse latest Browse all 3415

Trending Articles