एजेन्सी । विश्व क्यान्सर अनुसन्धानका अनुसार नुन धेरै खाने मानिसलाई पछि गएर पेटको क्यान्सर हुने खतरा बढ्छ । नुन मात्र नभएर यस्ता अरु पनि विभिन्न खानेकुराहरु छन् जसले विस्तारै विषको काम गर्छन् र गम्भीर रोग उत्पन्न गराउँछन् ।
टुसा पलाएको आलु
टुसा पलाएको आलुमा ग्लाइकोअल्केलाइड्स नामक पदार्थ पाइन्छ । त्यसकारण यसले पखाला लगाउँछ । यस्तो खालको आलु नियमित खायो भने टाउको दुख्ने र बेहोश हुने समस्या हुन्छ ।
चिनी
चिनी धेरै खाँदा कलेजोमा ग्लाइकोजनको मात्रा कम हुँदै जान्छ । यसका कारणले थकान महसुस हुने, मोटोपनाको समस्या उत्पन्न हुने, माइग्रेन, दमको रोग र मधुमेह बढ्दै जान्छ । त्यसैले यसलाई धेरै सेवन गर्दा वृद्ध अवस्थामा यसले चाँडै र धेरै असर गर्न थाल्छ ।
जाइफल
जाइफलमा माइरिस्टिीसीन नामक हानिकारक पदार्थ पाइन्छ । त्यसैले यसको लगातार सेवनले मुटुको धड्कनको गति बढाइदिन्छ । यसका कारण कतिपय मानिसलाई उल्टी आउन सक्छ र धेरै खाने गरेमा यसले दिमागको शक्तिलाई घटाइदिन्छ ।
नुन
नुनमा अत्याधिक सोडियम हुन्छ । त्यसकारण यसलाई धेरै खाँदा हाम्रो रक्तचाप बढ्न थाल्छ जसले हृदयघातको सम्भावना वढाइदिन्छ । लामो समयसम्म कडा नुन खाइरहनाले पछि क्यान्सर पनि हुन सक्छ र अस्टियोपोरोसिस नामक रोगको खतरा पनि हुन्छ ।
कोल्ड ड्रिङ्क
यसमा चिनी र फोस्फोरिक एसिडको मात्रा धेरै हुन्छ । त्यसकारण धेरै कोल्ड ड्रिङ्क पिउँदा मुटुसम्बन्धी समस्या देखा पर्न थाल्छ । यसले दिमागको शक्तिलाई पनि कम गराइदिन्छ ।
मैदा
मैदाको पिठो बनाउने क्रममा यसमा फाइबर पनि बन्ने गर्छ । त्यसकारण धेरै मैदा खाँदा पेट खराब हुने गर्छ । यसमा ब्लीचीङ एजेन्टहरु पनि पाइन्छन् जसले रगतलाई पातलो बनाइदिन्छ । यसले हृदयघातको खतरा बढाउँछ ।
च्याउ
काँचो च्याउमा कार्सिनोजेनिक पदार्थ हुन्छ । त्यसकारण काँचो च्याउ खाने व्यक्तिमा क्यान्सरको संभावना धेरै हुन्छ । त्यसैले च्याउलाई राम्रोसँग उमालेर मात्र सेवन गर्नुपर्छ ।
The post बिस्तारै विष फैलाउँछन् यी ७ खानेकुराले appeared first on Sajha Post.