एजेन्सी । सधैँ जवान देखिने रहर कसको हुँदैन ! तर चाहेरमात्र के गर्नु ? दिन प्रतिदिन मानिस बुढो हुँदै गइरहेको हुन्छ । विस्तारै त्यसको छनक अनुहारमा पनि देखिन्छ ।
जन्म, मृत्यु र शारीरिक वृद्धि विकास प्राकृतिक कुरा हुन् । यसको आफ्नै नियम हुन्छ । समय आएपछि जे हुनुपर्ने हो, त्यो त भइहाल्छ । उमेर पुगेपछि मानिस स्वभाविकरुपमा बुढो हुन्छ । तर, कतिपय भने उमेर नपुग्दै पनि बुढो देखिन्छन् । यसमा उनीहरुको सानो लापरबाहीले भूमिका खेलिरहेको हुन्छ ।
के खाने ? कति खाने र के नखाने भन्ने कुरामा मात्रै ध्यान दिँदा पनि हामी लामो समयसम्म जवान रहनसक्छौं । आउनुस्, यहाँ हामी जवान देखिन ध्यान पुर्याउनु पर्ने आधारभूत कुराबारे जानकारी दिँदैछौँ ।
चिनी
चिनी वा गुलियो पदार्थको अधिक सेवनले छालालाई कालेजन (छालालाई कसिलो राख्नमा मद्दत गर्ने तत्व)मा क्षति पुग्छ । जसको प्रभाव छाला चाहुरिन थाल्छ । यसलाई कम गर्नका लागि चिनीको सट्टा गुलियो फलफूल खानु ठिक हुन्छ । जसको प्रभावस्वरुप लामो समय जवान रहन सकिन्छ ।
नुन
नुन मानव शरीरका लागि आवश्यक तत्व नै हो । तर, यसको अधिक सेवन प्रत्यूत्पादक हुनसक्छ । यसमा रहेको सोडियम पफीले अनुहारलाई थकित बनाउँछ । यसले मानिसलाई छिट्टै बुढो बनाउन पनि भूमिका खेल्छ ।
मसलादार खानेकुरा
धेरै मसलेदार खानेकुरा खानाले रक्तनलीहरुमा प्रतिक्रिया उत्पन्न हुन्छ । जसले छालामा रेडिशनेस बढाउँद छ । छालामा दाग बढ्छ, साजै जवानीमै बुढ्यौलीले छुन थाल्छ ।
कफी
कफी पिउनाले शरीरमा पानीको कमी हुन थाल्छ । यसको असर सबैभन्दा पहिला छालामा पर्दछ, जसले छालाको चमक उडेर जान्छ र थकित र बुढोपना देखिन्छ ।
रक्सी
रक्सीको सेवनले कलेजोमा टक्सिनको मात्रा बढ्दछ । साथै यसले अनुहार र छालामा चाउरीपना ल्याउँछ ।
– स्वास्थ्यसम्बन्धी अन्तराष्ट्रिय साईटहरुको सहयोगमा
The post वर्षौंसम्म जवान देखिन मन छ ? यी पाँच कुरासँग सजग रहनुस् appeared first on Sajha Post.