काठमाडौं । विभिन्न परिकारमा कागतीको थोरै रस हाल्ने हो भने स्वाद नै परिवर्तन हुन्छ । त्यस्तै यसमा पाइने भिटामिन ‘सी’ तथा अन्य तत्वले हाम्रो स्वास्थ्यमा निकै फाइदा पुग्ने कुरा प्रमाणित भइसकेको छ । यस कारण पनि भन्न सकिन्छ, कागती एउटा गुणकारी फल हो ।
कागतीको सेवनबाट विशेषगरी यी फाइदा हुन्छन्ः
१.मोटोपनलाई घटाउनका लागि शरीरमा रहेको अनाश्यक बोशो तथा अन्य हानिकारक तत्व बाहिर निस्कनुपर्दछ । अनुसन्धानबाट पनि शरीरमा भएको हानिकारक तत्व बाहिर निस्केपछि मोटोपन कम हुने प्रमाणित भइसकेको छ । अनावश्यक बोशो तथा हानिकारक तत्वलाई कागतीले बाहिर फाल्न सहयोग गर्दछ ।
२. बिहान मनतातो पानीमा कागती मिसाएर पिउने हो भने कैयौ फाइदा हुन्छन् । यसबाट पेट सफा हुने गर्दछ भने शरीरमा ताजगी आउँछ ।
३. खानामा कागतीलाई मिसाएर खाने हो भने निकै फाइदाजनक मानिन्छ । यसमा पाइने भिटामिन ‘सी’ तथा पोटाशियमले नशा, मुटु तथा मांसपेशीलाई मजवुत बनाउँछन् ।
४.कागतीमा ब्याक्टेरिया मार्ने तत्व पाइन्छ । यस्ता तत्वले ब्याक्टेरियालाई शरीरभित्रै मारेर पिसावबाट बाहिर निकाल्छन् । यसबाहेक कागती सेवनबाट पाचनशक्ति पनि बढ्छ । जसका कारण हाम्रो आँत तथा पेट स्वस्थ र बलियो हुन्छ ।
५.जर्मनीमा गरिएको एउटा अनुसन्धानबाट कागतीमा क्यान्सरका कोषिकालाई रोक्न सक्ने तत्व रहेको पत्ता लागेको थियो । साथै मृगौला तथा मुत्रथैलीमा भएको पत्थरीलाई निकाल्न पनि यसले मद्दत गर्ने अनुसन्धानले पत्ता लगाएको थियो ।
६.कागतीमा एन्टी अक्सिडेन्ट गुण रहेको हुन्छ । यो गुणले हाम्रो छालालाई सधै चम्किलो राख्दछ । यसमा भएका तत्वले छालालाई गोरो राख्ने पनि गर्दछ ।
The post कागती एक, फाइदा अनेक appeared first on Sajha Post.