चुम्बन प्रेम व्यक्त गर्ने सबैभन्दा प्रचलित तरिका हो । हाम्रो समाजमा चुम्बनलाई अझै सामान्य मान्न नसकिएपनि पश्चिमाहरु सार्वजनिक कार्यक्रममै निर्धक्कसँग चुम्बन गर्छन् । यसमा कसैले केही नराम्रो सोच्दैन र मान्दैन पनि ।
जुन समय तपाईंले कसैलाई आफ्नो प्रेम व्यक्त गर्नुहुन्छ, त्यति बेला नै केही न केही भावना पनि व्यक्त हुन्छ । जुन भावना तपाईंले मुखले बोलेर बोलिराख्ने जरुरत नै हुँदैन ।
चुम्बनको बारेमा विभिन्न भाषामा हजारौं साहित्य रचिएका छन् । तपाईंलाई थाहा छ कि छैन, किस कुन अंगमा गरेको भन्ने कुराले फरक-फरक संकेत गर्छ । आज हामी तपाईंलाई यसको बारेमा जानकारी दिँदैछौं ।
1. गालमा
गालामा किस गर्दा स्नेह झल्किन्छ । यसले सहयोग र सद्भाव पनि प्रदर्शित गर्छ । आफूभन्दा सानालाई वा आफूले निकै नजिक सोच्ने व्यक्तिलाई गालामा किस गरिन्छ ।
2. ओंठमा
यसले कामुकता, जुनुन र उत्तेजना व्यक्त गर्छ । ओठमा किस प्राय: पार्टनरबीच गर्नु सामान्य मानिन्छ ।
3. कलर बोनमा
यसले कामुकता र शारीरिक आकर्षण झल्काउँछ । शारीरिक आकर्षण व्यक्त गर्ने यो सबैभन्दा सहज तरिका हो ।
4. कानमा
कानमा चुम्बन गरेमा पनि सेक्सुअल इन्टेन्सन झल्किन्छ । तर यसको प्रभाव किस गर्ने व्यक्तिको इरादामा बढी निर्भर हुन्छ ।
5. हातमा
चुम्बनहरु मध्ये सबैभन्दा हल्का र सामान्य मानिने चुम्बन हो यो । यसलाई विश्वासको प्रतिक मानिन्छ ।
The post कुन अंगमा चुम्बन गर्नुको मतलब के ? जानिराख्नुस् रोचक तथ्य ! appeared first on Sajha Post.