Quantcast
Channel: स्वास्थ्य – Sajha Post
Viewing all articles
Browse latest Browse all 3415

नेपालमा क्लिनिकल ट्रायल रजिष्ट्रिको स्थापना

$
0
0

काठमाडौ‌ं, २६ मंसीर । औषधि, खोप, स्वास्थ्य उपकरण र समुदायमा आधारित अध्ययन, अनुसन्धान गर्नका लागि नेपालमा क्लिनिकल ट्रायल रजिष्ट्रिको स्थापना भएको छ ।

नेपालमा क्लिनिकल ट्रायल सम्बन्धी अनुसन्धानहरु दिनप्रतिदिन बढिरहेको अवस्थालाई मध्यनजर गर्दै यसको सुरुवात भएको बताइएको छ ।

क्लिनिकल ट्रायल रजिष्ट्रि क्लिनिकल ट्रायलको अध्ययन अनुसन्धान दर्ता गर्ने आधिकारिक निकाय हो । सन् २०१९ मा मात्रै स्वास्थ्य अनुसन्धान परिषदको आचारसंहिता बोर्डबाट २१ वटा क्लिनिकल ट्रायल सम्बन्धी अनुसन्धान प्रस्तावहरु स्वीकृत भएका थिए ।

यस्ता खालका ट्रायल नेपालमा हुने भए पनि दर्ताका लागि अन्यत्र रहेका ट्रायलको भरमा रहनुपर्ने बाध्यताको अन्त्य भएको बताइएको छ । यसअघि अन्यत्रै जानुपर्ने र ती डाटाहरुबाट समेत नेपाल र नेपालीहरुले लाभ लिन सकेका थिएनन् । नेपाल अनुसन्धान परिषदका आचारसंहिता बोर्डका अध्यक्ष डा. प्रकाश घिमिरेले एमडी एमएसको थेसिस गर्नेहरुले विदेशीको ट्रायल क्लिनिकमा गएर काम गर्नुपर्ने बाध्यता रहेकोमा अब अन्त्य भएको बताए । यसले अनुसन्धानकर्ताहरुलाई अनुसन्धान गर्ने वातावरणको सिर्जना गर्ने, आफूले अनुसन्धान गरेका डाटाहरु आफैसँग सुरक्षित रहने उनले बताए ।

नेपाल स्वास्थ्य अनुसन्धान परिषदका डा. अन्जनी झाले यसको स्थापना गर्न एक वर्षदेखि अभ्यास जारी रहेको र त्यसका लागि एउटा समिति समेत बनाइएको बताए । यसमा रजिष्ट्रि हुनै पर्ने बाध्यतात्मक अवस्था नभए पनि आफ्नो खोज अनुसन्धानलाई अन्तर्राष्ट्रिय जगतमा पुर्‍याउनका लागि रजिष्ट्रि हुनु आवश्यक रहेको बताए ।

The post नेपालमा क्लिनिकल ट्रायल रजिष्ट्रिको स्थापना appeared first on Sajha Post.


Viewing all articles
Browse latest Browse all 3415

Trending Articles