काठमाडौँ, २९ कात्तिक । मधुमेह जीवनशैलीसँग सम्बन्धित समस्या भएकाले यसको निदान पनि सोहि अनुसार खोज्नुपर्छ । खासगरी स्वस्थ्य खानपान, सक्रिय दिनचर्यासँगै नराम्रो आनीबानी हटाउनुपर्छ । यसका साथै अन्य केहि घरेलु विधी छन्, जो निकै प्रभावकारी हुन सक्छ ।
तीनदेखि चार हरियो प्याज जरैसँग लिने । त्यसलाई राम्ररी धुने । अब उक्त प्याजलाई दुई लिटर पानीमा भिजाएर रातभर राख्ने । बिहान पानी पिउने । यो पानी एकै पटक पिउनु हुँदैन । दिनभरमा जतिबेला तिर्खा लाग्छ, थोरै थोरै पिउनुपर्छ । १ महिना निरन्तर यो विधी अपनाउनुपर्छ, मधुमेह नियन्त्रण हुन्छ ।
अमला, करेला, नीम, मेथी दाना र घिउमुकारीले मधुमेह नियन्त्रणमा प्रभावकारी काम गर्छ । करेलामा भिटामिन ए, बि(१, बि( २, सि हुन्छ । यी पोषक तत्वले रगतमा सुगर र पिसाबको सुगर कम गर्न महत्वपूर्ण भूमिका खेल्छ । त्यसैले हरेक दिन एक गिलास करेलाको जुस पिउनैपर्छ ।
आँपको ताजा पात सुकाउने । त्यसलाई पिसेर पाउडर बनाउने । अब खाली पेटमा एक चम्चा यो पाउडर पानीसँग पिउनुपर्छ ।
आँपको ताजा पातलाई रातभरी पानीमा भिजाउने । बिहान त्यसलाई उमालेर खाली पेटमा पिउनुपर्छ ।
मेथी दाना १ सय ग्राम, तेजपत्ता १ सय ग्राम, बेल पत्रको पात २ सय ५० ग्राम । यी सबैलाई सुकाएर पिस्ने । बिहान खाली पेटमा उक्त धुलो एक चम्चा जति खानुपर्छ ।
The post मधुमेहलाई जरैदेखि हटाउने घरेलु विधि appeared first on Sajha Post.