काठमाडौं, मंसिर १५ । एचआईभीको नियन्त्रणमा समुदायको प्रभावकारी भूमिका भन्ने नाराका साथ आइतबार ३२ औं विश्व एड्स दिवस नेपालमा पनि विभिन्न कार्यक्रम गरि मनाईदैछ ।
दिवसकै अबसरमा स्वास्थ्य तथा जनसंख्या मन्त्रालय राष्ट्रिय एड्स तथा यौन रोग नियन्त्रण महाशाखाले काठमाडौंमा चेतनामुलक कार्यक्रम आयोजना गरेको छ ।
सन् २०१८ को अन्त्यसम्म विश्वमा ३ करोड ७९ लाख व्यक्ति एचआईभी संक्रमित रहेकोमा यो संख्या नेपालमा २९ हजार ९ सय ४४ रहेको महाशाखाले जनाएको छ ।
The post नेपालमा २९ हजार एचआईभी संक्रमित appeared first on Sajha Post.