![]()
काठमाडौं । भोजनसम्बन्धी पनि हाम्रो बानी कस्तो छ भन्ने कुराले स्वास्थ्यलाई निर्धारण गरेको हुन्छ । विभिन्न धर्मशास्त्रमा पनि खाना खाने तरिकाले शरीरमा नकरात्मक वा सकरात्मक असर पर्दछ भनेर उल्लेख गरिएको छ । त्यसैले खाना खाने बेलामा यी कुरालाई सधैं ध्यान दिने गरौंः
१. खाना खाने बेलामा पूर्व वा उत्तर दिशा फर्कनु राम्रोे मानिन्छ । पूर्व वा उत्तर दिशा गरेर भोजन ग्रहण गर्दा यसमा भएको सबै उर्जा शरीरले प्राप्त गर्दछ । तर दक्षिण वा पश्चिम दिशा फर्केर खाना खाने हो भने हाम्रो स्वास्थ्यमा नकरात्मक असर परेर रोग लाग्दछ ।
२. खाना खानुभन्दा अघि हात, खुट्टा तथा मुखलाई धुनुपर्दछ । भिजेको शरीरसँग खाना खाँदा विभिन्न लाभ हुने र हाम्रो उमेरपनि बढ्ने गर्दछ । यसको कारण के हो भन्दा पानीको स्पर्श भएपछि शरीरका कोषहरुमा सकरात्मक उर्जा आउँछ ।
३. ओछ्यानमा बसेर कहिल्यै पनि खाना खानुहुदैन । त्यस्तै हातमा थाल वा प्लेट लिएर खाना खानु राम्रो मानिदैन । भोजन ग्रहण गर्दा सधैं आरामसँग बस्नुपर्दछ । हातको साटो थाल वा प्लेटलाई टेवल वा कुर्चीमा राखेर खानुपर्छ । त्यस्तै फुटेको थाल वा प्लेटमा भोजन ग्रहण गर्दा निकै अशुभ मानिन्छ । साथै भाँडाहरु पनि सफासुग्धर हुनु आवश्यक छ ।
४. खाना नमिठो भएमा यसको तिरस्कार गर्नुहुदैन । अन्नलाई अपमान गर्नु आत्मलाई अपमान गर्नु बराबर मानिन्छ । साथै खाना खानुपूर्व भगवान वा ईश्वर वा मातापितालाई सम्झेर धन्यवाद दिने हो भने मन प्रफुल्ल हुन्छ जसले शरीरमा सकरात्मक तरङ्ग पैदा गर्दछ ।
५. खाना बनाउने मानिसले पकाउनुभन्दा पहिला धेरै कुरामा ध्यान दिनुपर्दछ । भान्से वा कुकले पवित्र हुनका लागि खाना बनाउनुपूर्व नुहाउनुपर्दछ । पकाउने बेलामा आफ्नो मनलाई शान्त राख्नुपर्दछ । पकाउने बेलामा कुनैपनि व्यक्तिप्रति नराम्रो भावना वा डाहाको भावना राख्नुहुदैन । डराई डराई खाना पकाउनु वा खानु राम्रो मानिदैन । साथै यदि कुनै कुराले गर्दा रिसाएको अवस्था पनि भोजन ग्रहण गर्नु राम्रो मानिदैन ।
The post तपाईलाई थाहा छ, खाना यसरी खाँदा आयु बढ्छ भनेर ? appeared first on Sajha Post.