काठमाडौँ, १२ असोज । दशैँमा नेपालीहरुले सबैभन्दा धेरै खाने मासु नै हो । तर, मासु खाँदा स्वास्थ्यस्थितिलाई पनि उत्तिकै ध्यान दिनुपर्छ ।
दशैँमा मासु र अन्य खानेकुरा खाँदा बिरामी मात्र होइन स्वस्थ मानिस पनि बिरामी बन्ने अत्यधिक सम्भावना रहन्छ ।
क्यान्सरका बिरामीले खसीको मासु एकै पटक खानुभन्दा साधारण तरिकाले पकाएको थोरै मात्र प्रयोग गर्नुपर्छ ।
पोलेको, डढेको वा धेरै भुटेको मासु भने खानुहँुदैन ।
दसैँमा एकैपटक धेरै मासु खानुहुँदैन ।
एक छाकमा तीन, चार टुक्रा मात्र मासु खाने, कोक, फेन्टाजस्ता पेय पदार्थलाई भन्दा पानीलाई प्राथमिकता दिनुपर्छ ।
हरियो तरकारीलाई खानामा समावेश गर्न र मासुको मात्र भर पर्नु हुँदैन ।
मासु पकाउँदा धरै चिल्लो, मसला राखी भन्दा पनि साधारण तरिका अपनाउनु पर्छ । अन्यथा अपच हुने, बान्ता हुने, धेरै बासी मासुले आउँ हैजाजस्ता समस्या हुने गर्छ।
The post दशैँमा मासु खाँदा यस्ता कुरामा विशेष ध्यान दिनुहोस् appeared first on Sajha Post.