Quantcast
Channel: स्वास्थ्य – Sajha Post
Viewing all articles
Browse latest Browse all 3415

पत्रकारका लागि योग शिविर आयोजना

$
0
0

काठमाडौं, ११ असोज । देश सञ्चार मिडियाले आफ्नै प्राङ्गणमा योग शिविर आयोजना गरेको छ ।

शनिबार बिहान स्वस्थ जीवनका लागि भन्दै देश सञ्चारले आफ्नै प्राङ्गणमा योग शिविरको आयोजना गरेको हो । सो अवसरमा योग गुरु रवी शंकरले देशसञ्चारकर्मीलाई करिब २ घण्टा योग तथा प्राणायामको अभ्यास गराएका थिए।

रवी शंकरले पत्रकारलाई योग अभ्यास गराउँदै नियमित योग तथा प्राणायाम गर्दा शरीर तथा मन स्वस्थ र फुर्तिलो हुने र तनावरहित जीवन जीउन सहयोग पुग्ने बताएका थिए।

पत्रकारहरु अधिकांश समय काममा व्यस्त भइरहने र सोही कारणले उत्पन्न हुने तनावलाई व्यवस्थापन गर्न योगले महत्वपूर्ण भूमिका खेल्ने शंकरको भनाइ थियो ।

यो शिविर कार्यक्रमलगत्तै नजिकिँदै गरेको विजयादशमी, तिहार र छट पर्वको उपलक्ष्यमा देशसञ्चारकर्मीबीच शुभकामना आदान-प्रदान समेत भएको थियो ।

(तस्बिर : देशसञ्चारबाट)

The post पत्रकारका लागि योग शिविर आयोजना appeared first on Sajha Post.


Viewing all articles
Browse latest Browse all 3415

Trending Articles