मृगौला हाम्रो शरीरको महत्वपूर्ण अंग हो, यसले रगतलाई सफा गरेर शरीरको बिषाक्त पदार्थलाई बाहिर निकाल्छ । साथै यसले रगतमा अम्लीय पदार्थ नियन्त्रण गरी हामीलाई बिरामी हुनबाट जोगाउँछ । तर हाम्रो सामान्य लापरवाहीले मृगौला ध्वस्त भइरहेको हुन्छ जसले हाम्रो आयु घटाउने मात्र होइन, पीडादायी जीवन बाँच्न बाध्य बनाउँछ । यसर्थ, आउनुहोस् जीवनशैलीमा सामान्य सुधार गरौं र मृगौलालाई स्वस्थ्य राखौं:
१. के गर्छ मृगौलाले ?
मृगौला हाम्रो शरीरको एउटा महत्वपूर्ण अंग हो जसले रगत सफा गर्ने, शरीरको विषाक्त पदार्थलाई पिसाबको रुपमा बाहिर निकाल्छ । यससँगै रक्तचाप नियन्त्रण, सोडियम र पोटासियमको मात्रामा नियन्त्रण र रगतको अम्लियतामा नियन्त्रण पनि गर्दछ । जब मृगौलाले यी कामहरु गर्न सक्दैन, यस्तो अवस्थालाई मृगौला फेल भएको भनिन्छ । यसर्थ, मृगौलालाई विषाक्त पदार्थहरुबाट टाढै राख्नुपर्दछ, यसले बिरामी हुनबाट बच्न सकिन्छ ।
२. धेरै पानी पिउनुहोस्
कम पानी पिउनु मृगौलाको लागि खतरनाक हुनसक्छ । पानीको कमीबाट मृगौला र मूत्रनलीको संक्रमण हुने खतरा अत्यधिक हुन्छ । जसबाट पोषक तत्वको कण मूत्रनलीमा पुगेर पिसाबको निकासीमा बाधा पुर्याउँदछ । यसबाट मृगौलामा पत्थरी हुने खतरा बढ्दछ । यसको लागि दिनभरीमा कम्तीमा पनि २ देखि ३ लिटर पानी पिउनुपर्दछ ।
३. फलफूल र जुस
ताजा फलफूल र यसको जुसको सेवन गर्नाले मृगौलाबाट विषाक्त पदार्थ बाहिर निकाल्ने प्रक्रिया सजिलो हुन्छ । फलफूलमा पोटासियमको भरपूर मात्रा हुन्छ, जसले मृगौलालाई स्वास्थ्य राख्न सहयोग गर्दछ । फलफूलका साथ हरियो सागपातमा पनि पोटासियम उल्लेख्य मात्रामा पाइन्छ । अंगुर, कागती, सुन्तला, केरा, किबी आदिको सेवनले मृगौलालाई फाइदा पुग्दछ ।
४. बेरीहरु खानुहोस्
बेरी प्रजातिका फलहरु सेवन गर्नु मृगौलाको लागि फाइदाजनक छ । यसर्थ, ब्लूबेरी, ब्लैकबेरीको सेवन जरुरी हुन्छ । यसमा क्वीनाइन नामक पौष्टिक तत्व पाइन्छ जो आफैं हिप्युरिक एसिडमा बदलिन्छ । हिप्यूरिक एसिड युरिक एसिडलाई एकै ठाउँमा जम्नबाट रोक्छ । जसले मृगौलासम्बन्धी बिरामीबाट रोक्दछ ।
५. ध्रुमपान एवम् तम्बाकू सेवन गर्न छाड्नुहोस्
ध्रुमपान एवम् तम्बाकुको सेवनबाट कैयौं गम्भीर समस्याहरु त हुन्छ नै तर यसैको कारण ऐथेरोस्कलेरोसिस रोग पनि हुनसक्छ । यसले रक्त नलिहरुमा रक्त प्रवाह ढिलो हुन्छ । यसबाट मृगौलामा रगत कम जान्छ र काम पनि ढिलो हुन्छ । यसर्थ, ध्रुमपान तथा तम्बाकू सेवन मृगौलाको स्वास्थ्यका लागि हानिकारक छ ।
६. बिहान उठेपछि वाथरुम जानुहोस्
मृगौलालाई बिषाक्त पदार्थहरुबाट बचाउनको लागि बिहान उठ्ने बित्तिकै पिसाब फेर्न जरुरी छ । रातभरीमा मुत्राशय पूरै पिसाबले भरिएको हुन्छ । जसलाई बिहान उठ्नासाथ खाली गर्नु जरुरी हुन्छ । तर जब मान्छे अल्ती गरेर पिसाब रोक्ने काम गर्दछन्, यसबाट मृगौलालाई अत्यधिक नोक्सान पुग्दछ । यसबाट किड्नीमा स्टोन पनि हुनसक्छ ।
७. नून कम खानुहोस्
नूनले हाम्रो भोजनलाई स्वादिलो बनाउँछ । तर अत्यधिक नूनको सेवनले किड्नीलाई नकरात्मक प्रभाव पार्दछ । हामीले खाएको ९५ प्रतिशत सोडियमको मात्रा मृगौलाद्वारा मेटाबोलाइज्ड हुन्छ । यसर्थ, अत्यधिक नून सेवनले अनावश्यक रुपमा मृगौलाको क्रियाशीलता बढाउँछ र यसको शक्तिलाई कमजोर बनाउँछ ।
८. चिनीको नियन्त्रण गर्नुहोस्
चिनीको मात्रा रगतमा बढेपछि सबैभन्दा बढी समस्या पर्ने मृगौलालाई नै हो । मधुमेहद्वारा प्रभावित ३० प्रतिशत बिरामीको मृगौलामा खराबी हुन्छ । यस्तै मृगौलाको बिरामी एक तिहाई मानिस मधुमेहबाट पीडित हुन्छन् । यसरी भन्न सकिन्छ, यो दुवै समस्याको एकअर्कामा सम्बन्ध छ । यसर्थ, रगतमा चिनीको मात्रालाई नियन्त्रण गर्नु जरुरी छ ।
९. अन्य हानिकारक बानीहरु हटाउनुहोस्
मृगौलालाई बिगार्ने अन्य बानीहरु पनि हुन्छन्, जस्तो कि धेरै रक्सी पिउने, पर्याप्त आराम नगर्ने, चिसो पेय पदार्थहरु (सफ्ट ड्रिंक्स) तथा सोडाको अत्यधिक सेवन, अबेलासम्म भोकै बस्ने वा दूषित भोजन गर्ने, हाइपरटेन्सनको उपचार नगराउनु, अत्यधिक मासु सेवन गर्ने जस्ता बानीहरुले पनि मृगौलालाई बिगार्दछ ।
एजेन्सीहरुको सहयोगमा
The post मृगौलाबाट यसरी सजिलै निकाल्न सकिन्छ विषाक्त पदार्थ appeared first on Sajha Post.