पल–पल बदलिइरहेको मौसममा मनतातो पानी पिउनु स्वास्थ्यको लागि रामवाण नै हुन्छ । यसका अचम्म लाग्दा गुणहरु थाहा पाउनुभयो भने मनतातो पानी पिउन छाड्नुहुनेछैन ।
हरेक क्षण थकाई लागिरहन्छ अथवा केही काम गरेपछि थकाइ लागिहाल्छ भने हरेक बिहान मनतातो पानी पिउनुपर्छ । यसले शरीरमा रक्त सञ्चालन बढ्छ र रगतको गतिमा आउने अवरोध हट्छ ।
बिहान बिहान एक गिलास मनतातो पानी पिउनाले पुरानो भन्दा पुरानो कब्जियतलाई जगैदेखि निको बनाउँछ । यसको लागि बिहान उठ्नासाथ मनतातो पानी पिउनुपर्छ ।
अनुहार चाउरी पर्ने समस्या देखिएमा पनि बिहान बिहान पानी पिउनुपर्छ । यसबाट अनुहार खुम्चन कम हुन्छ । अनुहारमा डण्डीफोर तथा अनावश्यक दागहरु छन् भने पनि बिहान उठेर मनतातो पानी पिउनुपर्छ । यसबाट छालाको मसिना छिद्रहरु खुल्नेछन् र छालामा हुने समस्या कम हुन्छ ।
चिसोको बेला पनि मनतातो पानीको सेवन स्वास्थ्यका लागि रामवाण नै हुन्छ । चिसोको समस्या हुनासाथ मनतातो पानी पिउन सुरु गर्नुपर्छ । यसले घाँटीमा हुने समस्या पनि कम हुन्छ र खोकीको समस्या पनि हुँदैन ।
यदि लामो समयसम्म भोक लाग्दैन र मुटु सम्बन्धी समसया छ भने कालो मरिच, नुन र कागती मनतातो पानीमा मिलाएर दैनिक सेवन गर्नुपर्छ । यसले भोक लाग्ने र मुटुसम्बन्धी समस्या कम हुन्छ ।
मनतातो पानी उत्तम डाइट पनि हो । हरेक दिन बिहान मनतातो पानीमा कागती मिसाएर पिउँदा शरीरमा जम्मा भएको अतिरिक्त बोसो घटाउँछ । यसले तौल पनि घटाउँछ र रोग प्रतिरोधात्मक क्षमता पनि बढाउँछ ।
पिसाब सम्बन्धी सबै समस्याहरुमा डाक्टरले मनतातो पानी पिउने सल्लाह दिन्छन् ।
The post चमत्कारी ढंगबाट तौल घटाउँछ मनतातो पानीले, यस्तो छ यसका अन्य गुणहरु appeared first on Sajha Post.