Quantcast
Channel: स्वास्थ्य – Sajha Post
Viewing all articles
Browse latest Browse all 3415

के तपाईंलाई थाहा छ आफ्नै शरीरबारे ३२ रोचक तथ्य ?

$
0
0

समाजको सबैभन्दा सर्वश्रेष्ठ प्राणी मानव हो । प्राणी जीवन आफैंमा जटिल छ अध्ययन गर्न र बुझ्न पनि । विवेकशील प्राणी मानवका लागि सबै ज्ञान जान्नको लागि लालायित हुन्छ । तर हामीलाई आफ्नै शरीरबारे रोचक जानकारी थाहा नहुन सक्छ । आउनुहोस् ३२ बुँदा चहारौं ।

१. एक दिनमा पुरुषको टाउकोबाट ४० वटा र महिलाको टाउकोबाट ७० रौं झर्दछन् ।
२. मानिसको शरीरमा रगत र नुनको अनुपात समुन्द्रमा पानी र नुनको अनुपातसँग मिल्दछ् ।
३. तपाईको उचाई रातमा भन्दा बिहान बढी हुन्छ ।
४. एकदिनमा मुटुले १००० पटकसम्म रगतलाई शरीरमा सञ्चार गर्दछ ।
५. परेलाको रौंको आयु करीब १५० दिनमात्र हुन्छ ।
६.आँखी भौमा करीब ५०० वटा रौं हुन्छन् ।
७. मस्तिष्कमा एक सय अर्ब सेल हुन्छन् ।
८.पकाएको खानेकुरा भन्दा काँचो खानेकुरालाई पचाउन दोब्बर चाँडो हुन्छ ।
९. मानिसको हाड कंक्रिट भन्दा चार गुणा बलियो भयो ।
१०. जिव्रोमा भएको स्वाद कोसिकाको आयु करीब १० दिन हुन्छ ।
११. मासिन जन्मँदा घुँडामा पाङ्ग्रो हुँदैन, यो २ देखि ६ वर्षको उमेरमा मात्रै विकास हुन्छ ।
१२. बच्चाहरु बसन्त ऋतुमा चाँडो बढ्दछन् ।
१३.मानिसको आँखा कहिल्यै बढ्दैन तर नाक र कान भने बढिरहेको हुन्छ ।
१४. हामी जन्मँदा ३०० वटा हाड हुन्छन् तर मृत्यु हुँदा २०६ वटा हाड मात्रै हुन्छन् ।
१५. मानवको शरीरमा २६ प्रकारका हाड हुन्छन् ।
१६. नङमा भएको तत्व र कपालमा भएको तत्व एउटै हुन्छन् ।
१७. हाच्छिउँ गर्दा मुटुको धड्कनसहित हाम्रो शरीरको सबै क्रियाकलाप बन्द हुन्छ ।
१८.जीव्रो हाम्रो शरीरको सबै भन्दा बलियो मांसपेशी हो ।
१९.विशेष खालका मानिसहरु बाथरुममा एकदिनमा ६ पटकसम्म जान्छन् ।
२०.मुखबाट पेटसम्म पुग्न खानालाई ७ सेकेण्ड लाग्दछ ।
२१. बच्चाहरुमा प्रौढमा भन्दा बढी स्वाद कोसिका हुन्छन् ।
२२. हाच्छीउँ गर्दा नाकबाट निस्कने हावाको गति १०० माइल प्रति घण्टा हुन्छ ।
२३. तपाईको फिलाको मांसपेशी नै सबै भन्दा ठूलो मांसपेशी हो ।
२४. सबैभन्दा सानो हाड कानमा हुन्छ ।
२५. मानिसको शरीरलाई सोडियम क्लोराइड वा नुन होइन कि सोडियम आवश्यक पर्छ ।
२६. तपाईको छाला घाममा डढ्दा शरीरमा पानीको मात्रा निकै कम हुन्छ ।
२७. खाना भन्दा पनि पानी नै शक्तिको मुख्य श्रोत हो ।
२८.शरीरमा भएको पानी र तेललाई निकालिदिने हो भने कलेजोको मद्दतले अन्य अंगहरु चल्दछन् ।
२९. मधुमेह कि वंशाणुगत कारणले कि हाम्रो खानपानका कारणले लाग्ने रोग हो ।
३०. धेरै नुन भएको खानाले मधुमेहका साथै अन्य रोगहरु लाग्ने गर्दछन् ।
३१. ११ वर्ष भन्दा माथिका मानिसहरुले एक दिनमा १५०० मिलिग्राम वा तीन चौथाई चम्चा भन्दा बढी सोडियम लिनु हुदैन ।
३२. नुनले गर्दा शरीर सुन्निने, शरीरले बढी तरल पदार्थ सोस्ने र फोक्सो तथा मृगौलामा संक्रमण हुने गर्दछ ।

– डा. गौतम कस्यप, पिएचडी

The post के तपाईंलाई थाहा छ आफ्नै शरीरबारे ३२ रोचक तथ्य ? appeared first on Sajha Post.


Viewing all articles
Browse latest Browse all 3415

Trending Articles