न्यूयोर्क । महिलामा महिनावारी रोकिएपछि उनीहरुको मुटुको वरिपरि चिल्लो पदार्थ अत्यधिक मात्रामा जम्मा हुन्छ, जसले मुटु सम्बन्धी रोगहरु बढ्ने खतरा बढ्दछ । एक नयाँ अनुसन्धानले यस्तो खुलासा गरेको छ ।
अमेरिकाको युनिभर्सिटी अफ पिट्सबर्ग ग्राजुएट स्कूल अफ पब्लिक हेल्थका सहायक प्रोफेसर एवम् यस अनुसन्धानका मुख्य रिसर्च लेखक समर एल खोडरीले भनेका छन्, ‘मुटुसम्बन्धी रोगहरु महिलाको मृत्यूको मुख्य कारण हो र यस्तो खरता ५० वर्षको उमेरपछि अझै बढ्दै जान्छ । यो त्यो औसत उमेर हो, जब महिलाको महिनावारी बन्द हुन्छ र यसैका कारण मुटुको वरिपरि फ्याट बढ्न थाल्छ ।’
यो अनुसन्धानको रिपोर्ट द जर्नल अफ क्लिनिकल एन्डोक्रिनोलोजी एण्ड मैटाबोलिज्मको अनलाइन संस्करणमा प्रकाशित भएको छ ।
महिनावारी बन्द हुनेक्रममा र भएपछि महिलाको तौल बढ्न थाल्छ । यो उमेर बढ्ने क्रमसँग जोडिएको हुन्छ ।
एक नयाँ रिसर्चमा एल खोडरी र उनको समूहले अमेरिकामा ४५६ महिलाको रगतको नमूना र मुटुको सिटी स्क्यान गरी ती तथ्यांकमाथि तुलनात्मक अध्ययन गरेका थिए ।
यसबाट सेक्स हर्मोन एस्ट्राडियोल महिनावारी बन्द हुनेबेला घट्दछ, जसले मुटुको वरिपरि अत्यधिक मात्रामा बोसो जम्मा हुनजान्छ भन्ने कुरा पुष्टि भएको छ ।
उक्त अनुसन्धानमा सहभागी समूहले उमेरको प्रभाव, जाति, मोटापन, शारीरिक गतिविधिहरु, धुम्रपान, रक्सीको सेवन, औषधीको प्रयोग र क्रोनिक बिरामी (दिर्घरोग)को पनि जाँच गरिएको थियो । एजेन्सी
The post महिनावारी रोकियो भने महिलामा मुटुको समस्या बढ्ने खतरा appeared first on Sajha Post.