एजेन्सी । पुरुषको शारिरीक सुन्दरतामा मुख्य भूमिका उचाई, टोर्साे आकारको (शरीर वा कम्मर र काँध मिलेको) तथा भिसेप आकारको शरीरको महत्व हुन्छ । तर यसका अलवा लिङ्गको साइज वा आकारको पनि उत्तिकै महत्व हुने एक अध्ययनले देखाएको छ ।
महिलाहरु लिङ्गको साइजलाई पनि पुरुष सुन्दरताको आधार मान्ने र यसैका आधारमा पुरुषलाई मूल्याङ्कन गर्दछन् भनेर अष्ट्रेलियामा गरिएको एउटा अनुसन्धानले देखाएको छ । टोर्सो आकारको शरीर, उचाइ तथा भिसेप आकारको शरीरसँगै लिङ्गको आकारलाई पनि महिलाहरुले उत्तिकै ख्याल गर्दछन् भन्ने तथ्यलाई उक्त अनुसन्धानले बाहिर ल्याएको हो ।
अनुसन्धानका क्रममा ठूलो आकारको लिङ्ग स्वास्थ्य तथा शक्तिको प्रतिक हो भनेर पनि पत्ता लगाइएको थियो । त्यस्तै सानो आकारको भन्दा ठूलो आकारको लिङ्ग भएका पुरुषतर्फ महिलाहरु अलिबढी आकर्षित हुने तथ्य पनि पत्ता लगाइएको थियो ।
शारिरीक सुन्दरतामा लिङ्ग कति महत्वपूर्ण छ त ?
अष्ट्रेलियन नेशनल युनिभर्सिटीका अनुसन्धानकर्ता पुरुषको लिङ्गको आकारले सुन्दरतामा के कति असर पार्दछ भन्ने प्रश्नको उत्तर दिएका छन् । पिएनएएस जर्नलको लेखका ब्रायन माट्ज, बव वङ, रिचार्ड पिटर्स, तथा माइकल जेनियनले उचाई तथा भिसेप आकारको शरीरका साथै पेनिसको आकारले पनि लोेग्ने मानिसको सुन्दरतालाई बढाउने भनेर लेखेका छन् । यो तथ्य पत्ता लगाउन म्यानुपुलेसन अफ कम्युटर जेनेरेटेड इमेजरीको सहयोग लिएका थिए । यसरी बनाइएका पुरुषका ५३ वटा शरीरलाई अनुसन्धानका क्रममा महिलाहरुलाई देखाइएको थियो ।
प्रायः महिलाहरुले टोर्सो आकारको शरीरले पुरुषलाई बढी आकर्षक बनाउने भनेर बताएका थिए । उचाइ तथा लिङ्गको आकारको भूमिका बराबर हुने उनीहरुको भनाइ थियो । औसत आकारको भन्दा केही ठूलो लिङ्गलाई प्रायः महिलाहरुले मन पराउने र ठूलो आकारको लिङ्गले स्वास्थ्य तथा शक्तिलाई पनि दर्शाउने भनेर उक्त लेखका लेखिएको छ । तर, ठूलो लिङ्गप्रतिको आकर्षण कुन हदसम्म हुन्छ भन्ने प्रश्नलाई अझै गहिरिइएर खोतल्नु पर्ने अनुसन्धानकर्ताको बुझाइ छ ।
यदि चिम्पान्जी, गोरिला तथा ओरेनगाटम जस्ता अन्य प्राइमेटसँग तुलना गर्ने हो भने मानव लिङ्गको एउटा अनौठो विषेशता छ, त्यो भनेको यसको लम्बाई हो ।
मानव लिङ्ग अन्य प्राइमेटकोभन्दा निकै सानो हुन्छ ।
The post लिङ्गले पनि भूमिका खेल्छ पुरुषको सुन्दरतामा appeared first on Sajha Post.