पछिल्लो समय टर्कीको एक क्लीनिक अफ अङ्कारा ट्रेनिङ एण्ड रिसर्च इन्टिच्युटले गरेको एक अध्ययनले हप्तामा तीनदेखि चार पटकसम्म यौनसम्पर्क गरेमा मृगौलामा हुने ५–६ मिलिमिटरसम्मकाे पत्थरीबाट छुटकारा पाइने तथ्य देखाएकाे छ ।
इन्टिच्युटको युरोलोजी विभागले ७५ जना (जसमा मृगौलामा पत्थरीको समस्या थियो) लाई अलग–अलग समूहमा विभाजन गरिएको थियो । पहिलो समूहका ३१ जनालाई हप्तामा तीन देखि चार पटक सम्म यौन सम्बन्ध राख्न भनिएको थियो ।
दोस्रो समूहमा गरिएको अध्ययनले २१ जनालाई चिकित्सकहरुले थम्सुलोसिन (एक औषधी जुन चाँडो–चाँडो पिसाब लाग्दा दिइन्छ) लिनको लागि सल्लाह दिएका थिए । जबकी तेस्रो समूहअन्तर्गत अनुसन्धान गरिएका २३ जना भने दक्ष चिकित्सकद्वारा उपचार गरिरहेका थिए ।
दुई हप्तापछि पाइएको रिपोर्ट अनुसार पहिलो सेक्स ग्रुपका ३१ मध्ये २६ जनामा पत्थरी भएको पाइएको थियो । दोस्रो समूहका थम्सुलोसिन लिएका २१ मध्ये १९ जनाले राहत पाए । र, तेस्रो समूहमा रहेका जो उपचार लिइरहेका थिए २३ मध्ये ८ जनाले राहत पाउन सके ।
The post नियमित यौनसम्पर्क राखे पत्थरीबाट पाइन्छ छुटकरा appeared first on Sajha Post.