काठमाडौं, १८ माघ । नेपाल चिकित्सक संघले गरेको शुक्रबारबाट देशभरका सरकारी ,निजी अस्पताल तथा मेडिकल कलेजमा आकस्मिक बाहेकका सबै सेवा ठप्प पार्ने निर्णय गर्यो । उक्त निर्णयलाई बामपन्थी दल निकटका डाक्टरहरुले अवज्ञा गर्ने भएका छन् । प्रा. डा. गोविन्द केसीका नाममा राजनीतिक उद्देश्य पूरा गर्न आन्दोलन थालिएको भन्दै बामपन्थी डाक्टरहरुले त्यसको अवज्ञा गर्ने बताएका हुन् ।
विरोधका अन्य उपाय हुँदाहुँदै पनि अस्पताल बन्द गरिएको भन्दै बामपन्थी डाक्टरहरु निकट राष्ट्रिय चिकित्सक संघ (एनडीएन) र प्रगतिशील चिकित्सक संघ नेपालले एनएमको निर्णय प्रति विमति राखेका हुन् । उनीहरुले सामूहिक विज्ञप्ति जारी गर्दै अस्पतालको सेवा शुक्रबार पनि अन्य दिन जस्तै सुचारु गर्ने उल्लेख गरेका छन्।
उनीहरुले दुवै सदनबाट पारित भएको राष्ट्रिय चिकित्सा शिक्षा विधेयकको स्वागत गरेका छन् ।
The post अस्पतालको सेवा ठप्प पार्ने एकाथरी डाक्टरको निर्णयको अर्काथरी डाक्टहरुले अवज्ञा गर्ने appeared first on Sajha Post.