Quantcast
Channel: स्वास्थ्य – Sajha Post
Viewing all articles
Browse latest Browse all 3415

पत्नीलाई यौनसम्पर्क गर्दा पति पक्राउ

$
0
0

भक्तपुर, १६ माघ। भक्तपुरमा एक पुरुषलाई प्रहरीले पक्राउ गरेको छ । अरु केही नभएर आफ्नै पत्नीलाई यौनसम्पर्क गरेको अभियोगमा उनी पक्राउ परेका हुन् ।

पत्नीलाई उनको इच्छाविपरीत जबर्जस्ती बलात्कार गरेको अभियोगमा मध्यपुर थिमिबाट ती पुरुष पक्राउ परेका हुन् । ३७ वर्षीय पत्नीले जबर्जस्ती बलात्कार गरेको जाहेरी दिएपछि मध्यपुरथिमि नगरपालिका–९ बोडे गाँकु बस्ने ४१ वर्षीय रञ्जन खड्कालाई महानगरीय प्रहरी वृत्त थिमिले पक्राउ गरी अनुसन्धान थालेको जनाएको छ ।

खड्काले यही माघ ४ गते पत्नीलाई जबर्जस्ती बलात्कार गरेको भन्दै श्रीमतीले माघ ६ गते प्रहरीमा जाहेरी दिएपछि सोही दिन प्रसूति गृह काठमाडौं, थापाथलीमा महिलाको स्वास्थ्य परीक्षण गरी खड्कालाई पक्राउ गरेको प्रहरीले जनाएको छ ।

The post पत्नीलाई यौनसम्पर्क गर्दा पति पक्राउ appeared first on Sajha Post.


Viewing all articles
Browse latest Browse all 3415

Trending Articles