Quantcast
Channel: स्वास्थ्य – Sajha Post
Viewing all articles
Browse latest Browse all 3415

अनसनरत गोविन्द केसीलाई आइसियूबाट वार्डमा सारियो

$
0
0

काठमाडौं, ६ माघ । चिकित्सा शिक्षा सुधारको माग गर्दै १६ औं चरणको आमरण अनसनमा रहेका प्रा. डा.गोविन्द केसीलाई आइसियूबाट वार्डमा सारिएको छ ।

विगतमा गरिएको सहमति अनुसार नै चिकित्सा शिक्षा विधेयक आउनुपर्ने लगायतका माग राख्दै उनी १६ औं चरणको अनसनमा रहेका छन् ।

उनले आफूले आइसियूमा बस्दा आइसियू जरुरी भएका सर्वसाधारण बिरामी मर्कामा पर्ने भन्दै वार्डमा सार्न आग्रह गरेपछि आइसियूबाट वार्डमा सारिएको हो। उनलाई अस्पतालको ५०२ नम्बर बेडमा राखिएको डा. केसीका समर्थक प्रितम सुवेदीले जानकारी दिएका छन्।

अनसनरत डा. केसीको स्वास्थ्य निरन्तर खस्किँदो अवस्थामा रहेको डाक्टरहरुले बताएका छन् । उनलाई छातीको संक्रमण नियन्त्रणका लागि एन्टिबायोटिक चलाइएको छ भने छाती दुख्ने, रिंगटा चल्ने, मांसपेशीको दुखाइ र कमजोरी महशुस भइरहेको डाक्टरहरुले बताएका छन् । उनको रक्तचाप पनि न्यून रहेको छ भने अक्सिजन पनि कम हुँदै गएपछि थप अक्सिजन दिइएको छ। यसैगरी ब्लड सुगर र फस्फोरस पनि कम रहेको डाक्टरहरुले बताएका छन्।

चिकित्सा शिक्षा विधेयकमा आफूसँग भएको सहमतिअनुसार व्यवस्था हुनुपर्ने लगायत माग राखेर पुस २५ गतेदेखि केसी अनसनरत छन्। पुस २५ देखि इलाममा अनसन बसेका उनको स्वास्थ्यमा गम्भीर समस्या देखिएपछि शुक्रबार बिहान हेलिकप्टरबाट काठमाडौं ल्याइएको थियो। त्यसपछि उनलाई त्रिवि शिक्षण अस्पतालको आइसियूमा भर्ना गरिएको हो।

The post अनसनरत गोविन्द केसीलाई आइसियूबाट वार्डमा सारियो appeared first on Sajha Post.


Viewing all articles
Browse latest Browse all 3415

Trending Articles