मृगौला हाम्रो शरीरको लागि अत्यधिक महत्वपूर्ण अंग हो । यसले शरीरको सफाईमा महत्वपूर्ण भूमिका निर्वाह गर्दछ । यसले आवश्यक मात्रामा काम गर्न छाड्यो भने तपाईंको शरीर रोगको घर बन्नेछ ।
मृगौलाले शरीरमा रहेका विजातीय पदार्थलाई बाहिर निकालेर रगतको सफाई गर्दछ र शरीरलाई आवश्यक हुने खनिज तत्व र अम्लीय पदार्थलाई बचाई राख्दछ । यहाँ हामीले ध्यान नदिँदा मृगौला बिग्रन सक्ने केही आनीबानीको बारेमा चर्चा गरिनेछ–
१. पानी कम पिउनु
यदि तपाई पानी कम पिउनुहुन्छ भने रगतको सफाई गर्नको लागि मृगौलालाई आवश्यक पर्ने तरल पदार्थको अभाव हुन्छ र रगतमा हुने फोहोर पदार्थ तपाईंकै शरीरमा रहन्छ । यो अवस्था सृजना हुनु मृगौलाको लागि एकदमै खराब अवस्था हो ।
२. पिसाब रोक्नु
यदि तपाई नियमितरुपमा पिसाब रोक्ने गर्नुभएको छ भने यस्तो बानी तपाईंको मृगौलाको लागि हानिकारक हुन्छ । यस्तो अवस्थामा किड्नीमा पत्थरी हुने सम्भावना बढ्छ । यसले मृगौलालाई एकदमै नोक्सान पुग्दछ । यसकारण, पिसाब लागेको बेला कहिल्यै नरोक्नुहोस् ।
३. बढी नुन खानु
शरीरले सहीढंगले काम गर्न शरीरमा नुनको मात्रा हुनु एकदमै जरुरी छ । यदि हामी फलफूल र सागसब्जी नियमित खान्छौं भने हामीले शरीरको लागि आवश्यक नुन वा सोडियम पर्याप्त मात्रा प्राप्त हुन्छ । यसो हुँदाहुँदै पनि हामी थप नुन भोजनमा खाने गर्दछौं । अत्यधिक मात्रामा नुनले हाम्रो शरीरको रक्तचाप बढाउँछ र मृगौलामा अतिरिक्त दबाव दिन्छ । दिनमा ५ ग्रामभन्दा बढी सोडियम वा नुन खानु हुँदैन ।
४. चिसो पेय पदार्थ
यदि तपाई चिसो पेय पदार्थ पिउनुहुन्छ भने तपाईंले यो बानी त्याग्नुपर्दछ । किनकी यो स्वास्थ्यका लागि असाध्यै हानिकारक हुन्छ । अत्यधिक कोल्ड ड्रिंक्स पिउनाले शरीरको प्रोटिन पिसाबको माध्यमबाट बाहिर निस्कन्छ । यसको सिधा अर्थ हो तपाईंको मृगौलाले काम गर्न छाडिसक्यो र यो ध्वस्त भइसकेको छ ।
५. पर्याप्त मात्रामा नसुत्नु
जब तपाईं सुत्नुहुन्छ त्यतिबेला तपाईंको मृगौलाको तन्तुहरुको नवनिर्माण भइरहेको हुन्छ । यसर्थ पनि तपाईले पूरा निन्द्रा सुत्नुपर्छ । यदि तपाई राम्रोसँग सुत्नुभएन भने यसले मृगौलालाई सिधै असर गर्दछ र यसमाथि दबाव बढ्दछ ।
६. मांसाहार
मासु खानाले तपाईंको मृगौलाको मेटाबोलिज्ममाथि अधिक दबाव पर्दछ । यदि तपाईं आफ्नो खानामा अधिक प्रोटिन लिनुहुन्छ भने यसको सीधा अर्थ हो तपाईंको मृगौलाले काम कम गर्दछ । यसबाट भविष्यमा तपाईंले ठूलो मूल्य चुक्ता गर्नुपर्ने हुनसक्छ ।
७. मादक पदार्थ सेवन
अत्यधिक मात्रामा र नियमित रक्सी सेवनले तपाईको कलेजो र मृगौला दुवैमा एकदमै नराम्रो असर गर्दछ ।
८. भोजनमा मिनरल्स र भिटामिनको कमी
भोजनमा ताजा फलफूल, सागसब्जी समावेश गर्नुपर्दछ । यस्तो भोजन पूरै शरीरको लागि महत्वपूर्ण हुन्छ । किड्नी फेल हुने र पत्थरी हुने अधिक सम्भावना त्यतिबेला हुन्छ जब हाम्रो भोजनमा मिनरल्स तथा भिटामिनको मात्रा कमी हुन्छ । मृगौलालाई खतराबाट जोगाउन म्याग्नेसियम र भिटामिन-६ अत्यधिक महत्वपूर्ण हुन्छ ।
साभार : ओन्लिआयुर्वेद डट कमबाट
The post तपाईंका यी आठ आनीबानी जसले ध्वस्त बनाउन सक्छ मृगौला appeared first on Sajha Post.