एजेन्सी, ३ पुस । यदि तपाईलाई ‘सिगरेट’ पिउने खराब बानीबाट छूटकारा पाउन मन छ तर सकिरहनु भएको छैन भने ‘ई-सिगरेट’ले तपाईलाई मद्दत गर्नसक्छ । ‘ई-सिगरेट’ अन्य धुम्रपानभन्दा ९५ प्रतिशत कम हानिकारक मानिन्छ ।
पब्लिक हेल्थ इङल्याण्ड पिएचईको एक रिपोर्ट अनुसार प्रत्येक वर्ष करिब २० हजार मानिसहरु ‘ई-सिगरेट’ को माध्यमबाट धुम्रपान छोड्ने प्रयास गर्दैछन् ।
पिएचईले चिकित्सकलाई बिरामीहरुलाई ‘ई-सिगरेट’ प्रयोग गर्ने सल्लाह दिन अपील गरेको छ । साथै उसले अस्पतालमा पनि ‘ई-सिगरेट’ को खरीद बिक्रीलाई अनुमति दिनुपर्ने आग्रह गरेको छ ।
तर ‘ई-सिगरेट’ लाई खुल्लारुपमा सेवन गर्ने अनुमति दिंदा त्यसले मानिसलाई पुनः धुम्रपानको बारेमा सोच्ने वातावरण निर्माण गर्ने सरकारको तर्क छ । वेलायतमा ‘ई-सिगरेट’ लाई अझ पनि धुम्रपान छुटाउने तरिकाका लागि इजाजतपत्र प्राप्त भएको छैन ।
साथै जानकारहरुले पनि ‘ई-सिगरेट’ स्वास्थ्यका लागि कति हानिकारक छ भन्ने विषयमा एकमत दिनसकेका छैनन् । पिएचईको रिपोर्ट समिक्षा गर्ने जानकारहरुले पनि त्यसमाथि प्रश्न उठाएका छन् ।
तर पिएचईको हेल्थ इम्प्रुभमेन्ट निर्देशक जन न्यूटन ‘ई-सिगरेट’ धुम्रपानभन्दा धेरै सुरक्षित रहेको र यसले साथै बसेको मानिसमाथि कुनै असर नपार्ने ठोस प्रमाण रहेको दावी गर्छन् ।
यस्तोमा पिएचईलाई दवाईको इजाजतपत्र लिनु नै ‘ई-सिगरेट’ बनाउने कम्पनीका लागि सजिलो बाटो बन्नसक्ने लाग्छ ।
The post धुम्रपानभन्दा कम हानिकारक छ त ‘ई-सिगरेट’ ? appeared first on Sajha Post.