Quantcast
Channel: स्वास्थ्य – Sajha Post
Viewing all articles
Browse latest Browse all 3415

गोविन्द केसीको अनशन २ साता पछि सर्यो, यस्तो छ कारण

$
0
0
फाइल फोटो

काठमाडौं, २ पुस । प्रा.डा. गोविन्द केसीले पुस ३ गते मंगलबारबाट सुरु गर्ने भनिएको १६ औँ अनशन १४ दिन पछाडि धकेलिएको छ । डा. केसीले पुस १७ गते बाट सुरु गर्ने बताएका छन्। यसअघि उनले आफ्नो माग पुरा नभए पुस ३ गतेबाट अनशन बस्ने भन्दै अल्टिमेटम दिएका थिए ।

अल्टिमेटम दिँदा पनि सरकारले मागको विषयमा सुनुवाइ नगरेपछि डा. केसीले पहिलेको अल्टिमेटम दिएकै दिनबाट अनशन सुरु गर्ने तयारी गरेका थिए। तर, स‌ंसदको शिक्षा तथा स्वास्थ्य समितिकी सभापति जयपुरी घर्तीले सम्झौता अनुसार नै माग पूरा गर्ने बताउँदै अहिले संसद सुरु नभएको अवस्थामा केही समय दिन आग्रह गरेपछि उनले १७ गतेसम्मको समयसीमा दिएका हुन्।

डा. केसीले आज प्रेस विज्ञप्ति जारी गर्दै अनशनको घोषणा गरेका हुन्।

उनले जारी गरेको विज्ञप्तिमा भनिएको छ, ‘यसैबीच संसदको शिक्षा तथा स्वास्थ्य समितिका तर्फबाट विधेयकलाई अघि बढाउन केही दिन समय लाग्ने भन्ने जानकारी हुन आएकाले सम्झौताबमोजिम विधेयक अघि बढाउन समितिलाई सहज होस् भनेर तथा हामीले राखेका बाँकी मागहरुसमेत पूरा गर्न स्मरण गराउँदै हामीले घोषित सत्याग्रहलाई दुई साताले पछि सारेका छौं । यसबीच विधेयकमा कुनै चलखेल भएर माथेमा कार्यदलको प्रतिवेदन, यसअगाडि दुई पल्ट जारी भएका अध्यादेश तथा हामीसँग बारम्बार भएका सम्झौताहरुभन्दा प्रतिकुल हुने गरी चलखेल भएमा कुनै पनि बेला सत्याग्रह शुरु हुने जानकारी गराउँछौं । साथै हामीले यही मंसीर ११ गते जारी गरेको प्रेस विज्ञप्तिमा उल्लिखित सबै मागहरु पूरा नभएको खण्डमा यही पौष १७ गतेदेखि सत्याग्रहसहितको आन्दोलन शुरु गर्ने जानकारी गराउछौँ।’

गत साउन १० गते सरकारसँग भएको सम्झौता तत्काल कार्यान्वयन गर्नुपर्ने, संसदबाट चिकित्सा शिक्षा ऐन पारित गर्नुपर्ने, सातै प्रदेशमा सरकारी मेडिकल कलेज खोल्ने काम सुरु गर्नुपर्ने, कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठानमा अविलम्ब एमबिबिएस भर्ना सुरु गर्नुपर्ने, नेपाल सरकारको निर्णयको उल्लंघन गरी काठमाडौं विश्वविद्यालयले तोकेको शुल्क तत्काल फिर्ता लिई दोषी पदाधिकारीमाथि कारबाही गर्नुपर्नेलगायतका मागहरु डा. केसीका रहेका छन्।

उनले निर्मला पन्तको बलात्कार र हत्यामा संलग्न व्यक्तिहरूलाई तत्काल पक्राउ गरेर कारबाही गर्नुपर्ने विषय पनि आफ्नो मागमा उल्लेख गर्दै आएका छन्।

The post गोविन्द केसीको अनशन २ साता पछि सर्यो, यस्तो छ कारण appeared first on Sajha Post.


Viewing all articles
Browse latest Browse all 3415

Trending Articles