Quantcast
Channel: स्वास्थ्य – Sajha Post
Viewing all articles
Browse latest Browse all 3415

थाहा पाइरहनुहोस् क्यान्सरका प्रमुख ११ लक्षण

$
0
0

एजेन्सी, २३ मंसिर । क्यान्सर रोगको नाम मुखमा आउँदा मात्र पनि मनमा भय उत्पन्न हुन्छ । तर यदि तपाईले यसलाई प्राथमिक चरणमा नै पत्तो लगाउनु भयो भने यसलाई जित्न सक्नुहुन्छ । यसका लागि हामी तपाईलाई ११ वटा लक्षणहरु बताउँदै छौं जसलाई विचार गरेर तपाई शरीरमा हुने क्यान्सरको सम्भाव्यतालाई परास्त गर्नसक्नुहुन्छ ।

१. लगातार थकान महसुस हुनु

थकान र रिंगटा महसुस हुनु धेरै रोगका लक्षणहरु हुन् । यो लक्षण क्यान्सरको पनि हो । ल्युकेमिया र कोलोन क्यान्सर दुबै अवस्थामा यस्ता लक्षणहरु देखिनसक्छन् । यदि तपाईले स्वभाविक भन्दा धेरै थकान महसुस गर्नु भयो र यो लामो समयसम्म रहिरह्यो भने चिकित्सकको सल्लाह लिनुहोस् ।

२. अचानक असामान्य तौल घट्नु

यदि विनाकारण तपाईको तिब्र गतिमा तौल घट्यो भने त्यसको निकै गम्भिर कारण हुनसक्छ । अधिकांश क्यान्सरमा तौल घट्ने लक्षणहरु देखिन्छन् ।

३. लगातार पीडा

कुनै पनि कारण निरन्तर पीडा हुन्छ भने त्यो पनि क्यान्सरको लक्षण हो । विशेषगरी यदि तपाई उपचार गराईरहनु भएको छ तर पनि पीडामा कुनै कम भएको छैन भने अवस्था गलत भएको संकेत हो । शरीरका अंगहरुको पीडा अनुसार त्यो ब्रेन ट्युमर, रेक्टम, ओभरी र कोलोन क्यान्सर भएको छुट्याउन सकिन्छ ।

४. अनौठो मासुको थुप्रो

यदि तपाईले आफ्नो शरीरमा अस्वभाविक र अनौठो गाँठो जुन परिवर्तन हुने प्रक्रियामा देख्दै हुनुहुन्छ भने त्यो क्यान्सरको संकेत हुनसक्छ ।

५. लगातार ज्वरो

क्यान्सरले मानिसको प्रतिरक्षा प्रणालीमा असर गर्छ जसले विनाकारण निरन्तर ज्वरो आइरहन्छ । यो क्यान्सको सुरुवाती चरणमा देखा पर्दछ ।

६. छालामा परिवर्तन

छालाको क्यान्सर सबैभन्दा धेरै पाइने क्यान्सरको मामिला हो । यसलाई पत्तो लगाउने सबैभन्दा राम्रो उपाय भनेको छालाको बदलिदोँ रंगको संकेतलाई विचार गर्नु हो । तपाईको छालामा आएका नयाँ र अस्वभाविक कोठी, दागलाई विचार गर्नुहोस् कि तिनीहरुको आकार र रंगमा परिवर्तन आउँछ वा आउँदैन ।

७. लगातार खोकी

यदि तपाईलाई विनाकारण खोकी लागिरहेको छ र त्यो रोकिरहेको छैन भने त्यसले तपाईको छाली, ढाड र काँधका स्थानहरुमा पीडा गराउँछ भने त्यसलाई चेक गराउनु उपयुक्त हुन्छ ।

८. दिसा, पिसाबको आदतमा परिवर्तन आउनु

यदि तपाईले सामान्य समयभन्दा धेरैपटक दिसा वा पिसाबको लागि शौचालय जानुपर्यो भने त्यो क्यान्सरको लक्षण हुनसक्छ । झाडापखाला र कब्जीयत पनि कोलोन क्यान्सरको लक्षण हुनसक्छ । प्रोरोस्ट्रेट क्यान्सरमा पिसाब गर्दा पीडा हुने वा पिसाबमा रगत बग्ने लक्षणहरु देखिन्छन् ।

९. विनाकारण रगत बग्नु

यदि तपाईको खोकीमा रगत आउँछ भने त्यो क्यान्सरको ठूलो कारण बन्नसक्छ । त्यस्तै मलद्वार र योनीबाट रगत बग्नु पनि त्यसको लक्षण हो ।

१०. खाना निल्दा समस्या हुनु

यदि तपाईलाई केही निल्दा संघर्ष गर्नुपर्छ वा पाचन प्रणालीमा समस्या भोगीरहनु भएको छ भने यो पनि पेट, घाटीको क्यान्सर हुनसक्छ ।

११. अन्य लक्षण

अहिले सम्म यहाँ उल्लेख गरिएका लक्षणहरु क्यान्सरका सामान्य लक्षणहरु हुन् । तर यस बाहेक अन्य पनि लक्षण्हरु छन् जुन हामीले विचार गर्नुपर्छ । जस्तै खुट्टा सुनिने, शरीर देखिने र यसले अनुभव गर्ने तरिकामा फरकपना महसुस हुनु

The post थाहा पाइरहनुहोस् क्यान्सरका प्रमुख ११ लक्षण appeared first on Sajha Post.


Viewing all articles
Browse latest Browse all 3415

Trending Articles