घरमा यदि कसैको घुर्ने बानी छ भने त्यसले उसलाई मात्र हिनताबोध गराउँदैन, बाँकी सदस्यलाई निकै दुःख दिन्छ । निद्रा खुल्ने, राम्ररी निद्रा नलाग्ने समस्याले बिहान थकान महसुस हुन्छ । तर यदि तपाई यो समस्याबाट मुक्ति चाहनुहुन्छ भने केही घरेलु खाद्य वस्तु तपाईका लागि सहयोगी बन्न सक्छन् ।
निद्रामा घुराई धेरै थकान वा बन्द नाकको कारणले आउने गर्छ । यदि तपाई तल उल्लेख गरिएका निम्न उपायहरु अप्नाउनु हुन्छ भने यो समस्याबाट छुटकारा पाउन सक्नुहुन्छ-
मह
एक चम्चा बेसार, एक चम्चा मह र एक कप तातो पानी मिलाएर दैनिक राति सेवन गर्नु भयो भने केही दिनमै तपाईले यो समस्याबाट छुटकारा पाउन सक्नुहुन्छ ।
अलैंची
दैनिक राति सुत्नु अघि अलैंचीको पाउडरलाई मनतातो पानीमा मिसाएर पिउनुहोस् ।
बेसार
राति दैनिक सुत्न आधा घण्टा अघि दूधमा बेसार मिसाएर पिउनुहोस्, यसले आराम दिन्छ ।
पदिना
सुत्नु अघि पुदिनाको तेल मिसाएको पानीले कुल्ला गर्नुहोस् । यसले नाकको छिद्रामा भएको सुजनलाई कम गर्छ र आरामले श्वास लिन सहयोग गर्छ ।
The post निन्द्रामा घुर्नुहुन्छ ? अब यो घरेलु उपचारबाट छुटकारा पाउनुहोस् appeared first on Sajha Post.