एजेन्सी, १५ कात्तिक । कतिपय पुरुषमा टेस्टोस्टेरोन डिफिशेन्सी सिंड्रोमको समस्या हुन्छ । यसलाई हाईपोगोनडिस्म पनि भनिन्छ । यसमा टेस्टोस्टेरोन हार्मोनको सन्तुलन बिर्गदाँ टेस्टोस्टेरोनको स्तरमा कमि आउँछ र पुरुषमा यौन इच्छा कमि हुन्छ । यसको साथै इरेक्टाइल डिस्फंक्सनको समस्या पनि हुनसक्छ । यसले पुरुषको यौन शक्तिमा मात्र नभएर स्वास्थ्यमा पनि नकरात्मक असर पार्छ । मानिसमा यो समस्या जन्मजात पनि हुनसक्छ वा कुनै चोट वा संक्रमण, विषाक्त पदार्थको सेवनका कारणले पनि यो संक्रमण हुनसक्छ ।
केही प्रकारका टेस्टोस्टेरोन डिफिसेन्सी सिंड्रोम टेस्टोस्टेरोन रिप्लेसमेन्ट थेरेपीको मद्दतबाट पनि उपचार हुनसक्छ ।
यो भ्रुण विकासको क्रम, युवा अवस्थाभन्दा अघि वा बयस्क समयमा पनि विकास हुनसक्छ । यदि तपाईमा यो समस्या छ भने यसको लक्षण र संकेत विकास हुने समयमा निर्भर हुन्छ ।
यदि भ्रुण विकासको समयमा यो समस्या उत्पन्न भयो भने बच्चाको जन्म अविकसित गुप्तांगको साथमा हुन्छ । अन्यथा अस्पष्ट गुप्ताङ्ग लिएर बच्चाको जन्म हुन्छ ।
बयस्क समयमा यो समस्या उत्पन्न भयो भने यसले पुरुषको शारीरिक विशेषता तथा सामानय प्रजनन कार्यलाई कमजोर बनाउने गर्छ । यसको लक्षणको रुपमा स्तंभन दोष, बाझोपना, दारी र शरीरको रौंको विकासमा कमि तथा मांशपेशीमा कमी आदी हुनसक्छ ।
टेस्टोस्टेरोना डिफिसेन्सी सिंड्रोमको उपचार त्यो सुरु भएको अवस्था र त्यसको कारण मा निर्भर हुन्छ । यसको उपचारका लागि इंजेक्सन, ट्रांसडर्मल जैल, ट्रांसडर्मल पैच, गोली तथा ओरल क्यापसूल आदी दिइन्छ । साथै कुनै रेप्लेसमेन्ट थेरापीबाट पनि सम्भव छ ।
The post पुरुषका लागि खतरा छ टेस्टोस्टेरोन डिफिसेन्सी सिंड्रोम, यस्ता छन् लक्षण र उपचार appeared first on Sajha Post.