Quantcast
Channel: स्वास्थ्य – Sajha Post
Viewing all articles
Browse latest Browse all 3415

गर्भवती भएको बेला आलु खानु यसकारण हानिकारक

$
0
0

Pregnant

न्यूयोर्क । आलु धेरै खाने महिलालाई गर्भधारणको बेला मधुमेह हुने सम्भावना बढ्दछ । एक नयाँ अध्ययनले यस्तो खुलासा गरेको हो । शोधकर्ताहरुका अनुसार मधुमेहबाट बच्नकोलागि आलुको सट्टा अन्य सागसब्जी, फलफूलहरु अन्नहरु खानुपर्दछ ।

गर्भावधिको क्रममा हुने समस्याहरुमा मधुमेह पनि एक हो । यसका कारण आमाको रगतमा चिनीको मात्रा बढ्दछ । चिनीको मात्रा बढेपछि भविष्यमा बच्चा र आमा दुवैको लागि समस्याहरु पैदा हुनसक्छन् ।

युएस नेशनल इन्स्टिच्यूत अफ हेल्थ र हार्वाड विश्वविद्यालयका शोधकर्ताहरुले १९९१ देखि २०११ को बीचमा १५ हजार महिलाहरुमाथि यो अध्ययन गरेका थिए । उनीहरुमाथि गर्भ बोक्नुअगाडि मधुमेह थिएन । यो अध्ययन बिएमजे जर्नलमा प्रकाशित भएको छ ।

The post गर्भवती भएको बेला आलु खानु यसकारण हानिकारक appeared first on Sajha Post.


Viewing all articles
Browse latest Browse all 3415

Trending Articles