Quantcast
Channel: स्वास्थ्य – Sajha Post
Viewing all articles
Browse latest Browse all 3415

मच्छेडले संक्रमण गर्ने जापानी ज्वरोको उच्च जोखिम, पहिचान गर्न यस्ता छन् लक्षणहरु

$
0
0

एजेन्सी, २२ भाद्र । मच्छेडले मलेरिया र डेंगू जस्ता रोगहरु बाहेक अर्को रोग पनि फैलाउन सक्छ, जसले सिधा मानिसको मस्तिष्कमा संक्रमण गर्छ । दिमागमा संक्रमण भएपछि बिरामी मूर्छा पर्ने र कोमामा जानसक्छन् ।

यस बिरामीको नाम जापानी ज्वरो हो । यो एक प्रकारको दिमागी ज्वरो हो, जून भाइरल संक्रमणको कारणले हुन्छ । यो एक विशेष प्रकारको भाइरस हो, जो मच्छेड वा सुँगुरको कारणले फैलन्छ । यस बाहेक यो फोहोर स्थानहरु पनि उत्पन्न हुन्छ ।

जापानी ज्वरोको भाइरस शरीरको सम्पर्कमा आउनु बित्तिकै सबैभन्दा पहिले मस्तिष्कमा असर गर्छ । यो भाइरस मस्तिष्कमा पुग्नु बित्तिकै सोच्ने, बुझ्ने, सुन्ने र देख्ने क्षमतालाई प्रभावित पार्छ । यो भाइरसको चपेटमा अधिकांश एक देखि १४ वर्षसम्मका बालबालिका र ६५ वर्ष माथिका वृद्धहरु आउने गर्छन् । यस्तो बिमार फैलिने सम्भावना धेरैजसो वर्षको यिनै अगस्ट, सेप्टेम्बर र अक्टुबर महिनामा हुन्छ ।

मच्छरबाट निस्कने यी भाइरसको नाम अमेरिकाको विन्सकन्सिन राज्यस्थित ला क्रोसे शहरको नाममा राखिएको छ जहाँ पहिलो पटक त्यसलाई १९६३ मा पत्तो लगाइएको थियो ।

यो बिमारबाट संक्रमित मानिसहरुमा ज्वरो, टाउको दुख्ने, वान्ता हुने, थकान र सुस्ती हुन्छ । यो बिमार गम्भिर भएको अवस्थामा संक्रमितहरु कब्जियत, वेहोशी, कोमा र प्यारालाइसिसका साथै लिंफटिक फाइलेरिया वा हात्तिपाउको शिकार हुन्छन् ।

यी बिरामीलाई पहिचान गर्न यी लक्षणहरु थाहा पाउनुपर्छ । तिब्र ज्वरो, टाउको दुख्ने, गर्धन अररिने, कमजोरी हुने, वान्ता हुने, सुस्त हुने, भोक कम हुने, अतिसंवेदनशील हुने जस्ता यी बिरामीका लक्षणहरु हुन् ।

The post मच्छेडले संक्रमण गर्ने जापानी ज्वरोको उच्च जोखिम, पहिचान गर्न यस्ता छन् लक्षणहरु appeared first on Sajha Post.


Viewing all articles
Browse latest Browse all 3415

Latest Images

Trending Articles



Latest Images