Quantcast
Channel: स्वास्थ्य – Sajha Post
Viewing all articles
Browse latest Browse all 3415

आन्दोलन गर्ने डाक्टरहरुलाई कारवाहीको चेतावनी

$
0
0

काठमाडौ, १७ भदौ । भदौ १ गतेबाट लागू भएको मुलुकी अपराध संहिता संशोधनको माग गर्दै सडकमा उत्रिएका चिकित्सकहरूलाई स्वास्थ्यमन्त्रालयले कारवाहीको चेनावनी दिएको छ । आइतबारदेखि आन्दोलनमा उत्रिएका चिकित्सकहरुका लागि मन्त्रालयले एक सूचना जारी गर्दै आन्दोलनरत चिकित्सक एवं स्वास्थ्यकर्मीलाई कडा कारबाही गर्ने चेतावनी दिएको छ ।

नेपाल चिकित्सक संघको अगुवार्इमा वरिष्ठ चिकित्सहकरूसमेत आकस्मिक बाहेकका सेवा राकेर आन्दोलनमा उत्रिएका थिए । चिकित्सकहरूले संहिताको दफा २३०,२३१,२३२ र २४० लाई संशोधन गर्न माग गरेका छन् भने यता मन्त्रालयले अत्यावश्यक सेवा ऐनको दफा ४ अनुसार कारबाही र जरिवाना गर्ने चेतावनी दिएको हो ।

The post आन्दोलन गर्ने डाक्टरहरुलाई कारवाहीको चेतावनी appeared first on Sajha Post.


Viewing all articles
Browse latest Browse all 3415

Trending Articles