Quantcast
Channel: स्वास्थ्य – Sajha Post
Viewing all articles
Browse latest Browse all 3415

अनुसन्धानको निष्कर्ष- खानपानले महिनावारीमा असर पार्छ

$
0
0

एजेन्सी, १७ भाद्र । महिलाहरुको शरीरमा हुने हर्मोन परिवर्तनसँग खानपानको सम्बन्ध हुन्छ । एक अध्ययनअनुसार महिलाको आहारामा कार्बोहाईड्रेटको मात्रा धेरै भएमा महिनावारी समय अघि हुन्छ । यदि महिला धेरै पास्ता र चामल सेवन गर्छन् भने उनीहरुलाई एक वा डेढ वर्ष अघि नै महिनावारी शुरु हुन्छ ।

यूनिभर्सिटी अफ लिड्सले बेलायतका ९१४ महिलाहरु माथि एक अध्ययन गरेको थियो । उक्त अध्ययनमा माछा, केराउ र बोडी अत्यधिक सेवन गर्ने महिलाहरुमा महिनावारी सामान्य समयभन्दा ढिलो हुन्छ । तर कतिपय विशेषज्ञ महिनावारी ढिलो चाँढो हुनु खानपान अलावा अन्य चीजहरुमा पनि निर्भर रहने विश्वास गर्छन् । यसमा जीनको पनि प्रभाव हुन्छ ।

उक्त अध्ययन जर्नल अफ एपिडिमीलोजी एण्ड कम्युनिटी हेल्थमा प्रकाशित भएको थियो । अध्ययनमा महिलाहरुसँग उनीहरुको खानपानको विषयमा प्रश्न गरिएको थियो । जो महिला सागसब्जी धेरै खान्छन्, उनीहरुको महिनावारीमा ढिलो हुने देखिएको थियो ।

शोधकर्ताहरुले खानपानको अलावा दोस्रो प्रभावको बारेमा पनि बताएका छन् । महिलाहरुमा वजन, प्रजनन क्षमता र एचआरटी हर्मोन महत्वपूर्ण छ । तर यसलाई आनुवांशिक कारण पनि मानिन्छन् जसको सिधा असर महिनावारीमा पनि पर्छ ।

The post अनुसन्धानको निष्कर्ष- खानपानले महिनावारीमा असर पार्छ appeared first on Sajha Post.


Viewing all articles
Browse latest Browse all 3415

Trending Articles