Quantcast
Channel: स्वास्थ्य – Sajha Post
Viewing all articles
Browse latest Browse all 3415

डाक्टरहरु आन्दोलनमा

$
0
0

काठमाडौं, १६ भदौ । नेपाल चिकित्सक संघले भोलिदेखि देशभरका आकस्मिक बाहेक सबै सेवा बन्द गर्दै आन्दोलनमा उत्रिने भएको छ । १ भदौबाट कार्यान्वयमा आएको मुलुकी फौजदारी संहिता संशोधनको माग गर्दै आन्दोलनमा उत्रिएको संघले भोलि नै डाक्टरहरुको प्रमाणपत्र (लाइसेन्स) मेडिकल काउन्सिलमा फिर्ता समेत गर्ने भएको छ ।

भोलि विहान १० बजे काठमाडौंको माइतीघर मण्डलामा जम्मा भई मेडिकल काउन्सिल गएर प्रमाणपत्र बुझाइने कार्यक्रममा रहेको संघका अध्यक्ष डा. मुक्तिराम श्रेष्ठले जानकारी दिए । संघले आह्वान गरेको मुलुकभरका चिकित्सकहरुबाट जम्मा भएको करिव तीन हजार प्रमाणपत्रलाई भोलि संघले काउन्सिलमा बुझाउने भएको छ ।

यसअघि भदौ १ गते नै चिकित्सकहरुले आफ्नो लाइसेन्स काउन्सिलमा बुझाउने भनेका थिए । तर, सरकारले मुलुकी ऐन संशोधनको आश्वासन दिएपछि सो कुरा रोकिएको थियो । श्रेष्ठका अनुसार प्रमाणपत्र बुझाएपछि मेडिकल काउन्सिलले लिस्टबाट नहटाएसम्म डाक्टरहरुले उपचार गर्न सक्छन् । तर, बिहीबारदेखि भने देशभर आकस्मिक बाहेक सबै सेवा बन्द गर्ने घोषणा चिकित्सक संघले गरेको छ ।

उपचारका क्रममा विरामीको मृत्यु भए ज्यान मुद्दा चलाउने प्रावधान भएकोमा डाक्टरहरुले भने त्यसलाई संशोधन गर्नुपर्ने माग राखेका हुन् ।

The post डाक्टरहरु आन्दोलनमा appeared first on Sajha Post.


Viewing all articles
Browse latest Browse all 3415

Trending Articles