Quantcast
Channel: स्वास्थ्य – Sajha Post
Viewing all articles
Browse latest Browse all 3415

चिकित्सकहरूको आन्दोलन १५ दिन पछि धकेलियाे

$
0
0

काठमाडौं, ३१ साउन । नेपाल चिकित्सक संघले आफ्नो आन्दोलनलाई १५ दिन ढिला सारेको छ । भोलि भदौ १ गतेदेखि नै विरामी नजाँच्ने आन्दोलन सुरु गर्ने घोषणा गरेको चिकित्सक संघले सो आन्दोलनलाई १५ दिनका लागि स्थगित गरेको हो ।

चिकित्सकहरुले लाइसेन्स संघमा जम्मा गर्न देशभरका चिकित्सकहरुलाई उर्दी जारी गरेको छ । त्यस्तै संघले मुलुकी अपराध संहिताको ‘इलाजसम्बन्धी कसुर’ सम्वन्धी व्यवस्था संशोधन गर्न माग गरेको छ । चिकित्सकको लापरवाहीले विरामीको मृत्यु भएमा ५ वर्षसम्म कैद सजाय हुने व्यवस्था संशोधन गरेर लापरबाही भए नभएको पुष्टि गर्न विशेषज्ञ समिति बनाएर छानविन गर्नुपर्ने थप गर्न माग गरेको छ ।

सरकारले कानुन संशोधन गरेर माग सम्बोधन गरेकाले १५ दिन पर्खिने संघको निर्णय छ ।

The post चिकित्सकहरूको आन्दोलन १५ दिन पछि धकेलियाे appeared first on Sajha Post.


Viewing all articles
Browse latest Browse all 3415

Trending Articles