Quantcast
Channel: स्वास्थ्य – Sajha Post
Viewing all articles
Browse latest Browse all 3415

एक रातको १२ हजार लिएर यौनधन्दा

$
0
0

नेपालगञ्ज, २७ साउन । केहि दिन अगाडि नेपालगञ्जको पुष्पलालचोक नजिकको एक होटलबाट वडा प्रहरी कार्यालय, नेपालगञ्जको टोलीले छापा मारेर दुई जोडीलाई नियन्त्रणमा लिएको थियो । मदिरालेमस्त भएका दुई जोडी कोठा नम्बर ३०१ बाट पक्राउ परे ।

दूई जोडीभएकाले उनीहरुले कोठा नम्बर २०२ पनि बुक गरेका थिए । मध्यरातमा उनीहरुलाई प्रहरीले छापा मारेरर प्रहरी कार्यालय पुर्याएको थियो । विराटनगरबाट रमाइलो गर्न भन्दै उनीहरु नेपालगञ्ज पुगेको बताए ।

दुई जोडीमा मदिरालेमस्त भएर नेपालगञ्जमै यौनधन्दा गर्दै आएका केटीहरु भने बर्दियाका थिए । उनीहरु १२ हजार रुपैंयामा त्यो दिनका लागि बुक भएको स्रोतले बतायो ।

इज्जत बचाइदिनुपर्यो भनेर उनीहरुले भनेसँगै प्रहरीले उनीहरुलाई कारबाही नै नगरी छाडिदियो । जिप्रकाले चारै जनालाई अभिभावकको जिम्मा लगाएर पठाइदिएको छ । प्रहरीले एक रात थुनिनुलाई नै कारबाही मान्यो । यो वेश्यावृति र प्रहरीले कारबाही नगरी छाडिनुले यस घटनालाई रहस्यपूर्ण मानिएको छ । त्यस्तै नेपालगञ्जका होटलमा पछिल्लो चरण बस्न आउनेले आफ्नो पुरै नामसमेत होटलमा उपलब्ध नगराउने र होटल संचालकले पनि नाम नटिप्नाले यहाँ धेरै यौनधन्दा बढ्दै गरेको आशंका गरिएको छ ।

The post एक रातको १२ हजार लिएर यौनधन्दा appeared first on Sajha Post.


Viewing all articles
Browse latest Browse all 3415

Trending Articles