Quantcast
Channel: स्वास्थ्य – Sajha Post
Viewing all articles
Browse latest Browse all 3415

मनमोहन मेडिकल कलेजलाई अन्याय भयाे भन्दै सहयोग गर्न सरकारसमक्ष माग

$
0
0

काठमाडौं, १ साउन । नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का नेता एवम् मनमोहन मेमोरियल मेडिकल कलेज सञ्चालक समितिका उपाध्यक्ष तथा पूर्वमन्त्री डा. बंशिधर मिश्रले चिकित्सा शिक्षा विद्येयकको बारेमा सर्वसाधारण जनताले थाहा पाउनेगरी छलफलको विषय बनाईनुपर्ने बताएका छन् ।

रिपोर्टर्स क्लब नेपालमा मंगलबार प्रस्तावित मनमोहन मेडिकल कलेज व्यवस्थापन समितिले आयोजना गरेको पत्रकार सम्मेलनमा बोल्दै नेता मिश्रले यस्तो बताएका हुन् ।

उनले भने, ‘विगत १८ दिनदेखि जुम्लामा अनशन बस्नुभएको डा.केसीले भनेका सबै कुराहरु राम्रा नभएपनि धेरै कुराहरु राम्रा छन्, उहाँको उपचार जुम्लामा हुँदैन, काठमाडौंमा ल्याउनुपर्छ, त्यसपछि सर्वमान्य संसद र जनताले बुझ्नेगरी यस विषयलाई सदाको लागि समाधान हुनेगरि ब्यापक छलफल गरिनुपर्छ, म पनि एक चिकित्सक हुँ, उहाँपनि चिकित्सक हो, हामीलाई पनि स्वास्थ्य क्षेत्रलाई कसरी गुणस्तर बनाउन सकिन्छ भन्ने चिन्ता छ ।’

मनमोहनको नाममा आफूहरुले केही सिमित व्यक्तिहरुको लगानीमा अस्पताल नखोलेको उनको स्पष्टोक्ति थियो । ‘२६ सय जनाको थारै–थोरै लगानीमा हामीले प्रक्रिया पूरा गरेर निर्माण गरेका छौं’ मिश्रले थपे, ‘त्यसैलाई नै तारो बनाएर गोविन्द केसीले हिड्नु हुँदैन, पवित्रता प्रतिकको रुपमा चिनिएका मनमोहनको नाममा हामीले त्यस्तो लुट्ने वा कमाउने धन्दा चलाउने कुरै हुँदैन, अरुभन्दा धेरै छात्रावृत्ति दिने, अरुभन्दा राम्रो स्वास्थ्य सेवा सुविधा दिने भनेका छौं, केसीले चिन्ता गर्नु स्वभाविक छ, तर माफियाको उपमा दिनु गलत हो ।’

डाक्टर केसीको समर्थनमा आन्दोलनमा उत्रेका चिकित्सकहरुलाई सर्वसाधारण जनताको स्वास्थ्य जीवनमा ध्यान दिन पनि उनले आग्रह गरे । नेता मिश्रले भने, ‘एउटा मानिसको समर्थनमा अन्य नागरिकको जीवनमा खेलवाड नगर्नुहोस्, डाक्टर केसीका मागहरुको बारेमा सरकार छ, संसद छ, बरु यस विषयका बारेमा गम्भिर छलफल गरौं ।’

नेपाललाई मेडिकल हब बनाउनुपर्ने तर्क गर्दै मिश्रले गुणस्तरीय स्वास्थ्यलाई ध्यानमा राखेर भौतिक, आर्थिक, जनसंख्या सबै पूर्वाधारहरु हेरेर शिक्षण अस्पतालहरु खोल्नु पर्नेमा जोड दिएका छन् ।

उनले भने, ‘एउटा शक्तिशाली आयोग बनाएर त्यस आयोगले दिएका सुझावका आधारमा मुलकका विभिन्न भागमा सुविधासम्पन्न अस्पतालहरु खोल्नुपर्छ भन्नेमा हामी छौं।’

The post मनमोहन मेडिकल कलेजलाई अन्याय भयाे भन्दै सहयोग गर्न सरकारसमक्ष माग appeared first on Sajha Post.


Viewing all articles
Browse latest Browse all 3415

Trending Articles