नेपालगञ्ज, १८ असार । बाँकेको नेपालगन्जमा आफ्नै छोरीलाई एक बर्षदेखि बलात्कार गर्दै आएका बाबु पक्राउ परेका छन् ।
श्रीमती, छोराछोरीहरुसँगै बस्दै आएका नेपालगञ्ज उप–महानगरपालिका १२ कोरियनपुरका ४० वर्षीय विवेक बाल्मिकी (नाम परिर्वतन) ले आफ्नै छोरीलाई लगातार बलात्कार गर्दै आएका थिए । १६ वर्षकी आफ्नै छोरीसँग यौनसम्पर्क गर्दागर्दै आमाले भेटाएपछि उक्त घटना सार्वजनिक भएको हो ।
श्रीमतीले उजुरी गरेपछि प्रहरीले ती व्यक्तिलाई पक्राउ गरेको हाे । प्रहरीका अनुसार एक बर्षदेखि बाबुले छोरीलाई ललाईफकाई र डरत्रास देखाएर बलात्कार गर्दै आएका थिए । शनिबार साँझ पक्राउ परेका ती व्यक्तिविरुद्ध हाडनाता करणी मुद्दा प्रक्रिया अघि बढाइएको प्रहरीले जनाएको छ।
The post छोरीसँग बाबुले यौनसम्पर्क गर्दागर्दै आमाले भेट्टाएपछि… appeared first on Sajha Post.