Quantcast
Channel: स्वास्थ्य – Sajha Post
Viewing all articles
Browse latest Browse all 3415

यौन सम्पर्कका लागि महिला देखाएर ठगी गर्ने ३ पक्राउ

$
0
0

फाइल फाेटाे

चितवन, ७ असार । यौन सम्पर्क (सेक्स)का लागि महिला मिलाई दिने भन्दै ठगी गर्ने तीन जना चितवनबाट पक्राउ परेका छन् ।

सेक्सका लागि महिला मिलाई दिने भन्दै महिला नै देखाएर रकम लिई फरार हुने दुई जना पुरुष र एक महिलालाई चितवन प्रहरीले पक्रेको हो । एक रातको दश हजार रुपैयाँ लाग्ने भन्दै महिलालाई देखाएर सो रकम लिई फरार भएका भरतपुर महानगरपालिका–७ बस्ने २४ वर्षीय राजकुमार चौधरी र सोही स्थानकै १९ वर्षीय डेविट सिलवाल पक्राउ परेको प्रहरीले जनाएको छ ।

उक्त कार्यमा संलग्न ३७ वर्षीया एक महिलालाई पनि प्रहरीले पक्राउ गरेको छ । पक्राउ परेका तीनै जना माथि थप अनुसन्धान भईरहेको प्रहरीले जनाएको छ ।

The post यौन सम्पर्कका लागि महिला देखाएर ठगी गर्ने ३ पक्राउ appeared first on Sajha Post.


Viewing all articles
Browse latest Browse all 3415

Trending Articles