काठमाण्डौ, ३० जेठ । गर्मी महिला लाग्नासाथै लामखुट्टेले हामीलाई सताउने गर्छ । अझ पानी जमेको ठाउँ, झाडी, फोहोर भएको स्थानहरुमा लामखुट्टे बढी सक्रिय हुन्छ । तराईका विभिन्न जिल्लामा पोथी लामखुट्टेका टोकाइबाट हुने डेंगुको संक्रमण बढिरहेको छ ।
यसरी डेंगुको संक्रमण देखिनुभन्दा पहिले नै पहिलेनै लामखुट्टको टोकाइबाट बच्नु उत्तम हुन्छ । त्यसका लागि बजारमा लामखुट्टे भगाउने विभिन्न औषधीहरु निस्किएका छन् । तर सबैभन्दा उत्तम भनेको चाँही झुल प्रयोग गर्नु नै हो । त्यस्तै हामी लामखुट्टे भगाउन घरेल उपायहरु पनि अपनाउन सक्छौं ।
हाम्रो घरमा सहजै पाइने तुलसी लामखुट्टे भगाउन निकै उपयोगी हुन्छ । शरीरमा तुलसीको पातको रस लगाउँनाले लामखुट्टेलको टोकाईबाट बच्न सकिन्छ । घरमा तुलसीको बोट रोप्नाले पनि पनि लामखुट्टे भगाउन सकिन्छ ।
पुदिनाको पातको रस छर्किनाले तथा पनि लामखुट्टे भाग्छ । यसलाई शरीरमा पनि लगाउन सकिन्छ ।
सयपत्री फूलको सर शरीरमा लगाउँदा पनि लामखुट्टेबाट बच्न सकिन्छ ।
कागती तथा नीलगिरीको तेल मस्किटो रेपेलेटमा लिक्युइट सकिइ पछि त्यसमा कागतीको रस तथा नीलगिरीका तेल भरेर जलाउन सकिन्छ । यसलाई हात खुट्टामा पनि लगाउँन सकिन्छ ।
सर्स्युँको तेलमा अजवाइन पाउडर मिलाएर पेसरको टुक्रामा लगाई कोठाको माथिल्लो भागमा राख्ने । जसका कारण लामखुट्टे भगाउन सजिलो हुन्छ ।
नीमको तेल शरीरमा लगाउने, नरिवलको तेलमा नीमका तेल मिसाएर बाल्दा पनि लामखुट्टे भाग्छ ।
कोठामा कपूर बाल्ने र १० मिनेट बन्द गरेर राख्ने । जसका कारण लामखुट्टे भाग्छ ।
लसुनको गन्धले पनि लामखुट्टेललाई टाढा राख्न सकिन्छ । लसुनको रस शरीरमा लगाउँन सकेत सकिन्छ ।
मट्टितेल, नीमको तेल, कपूर एउटा लालटिनमा थोरै मट्टितेल, केही थोपा नीमको तेल र २ टुक्रा कपूर मिलाउने र बाल्ने । यसरी पनि लामखुट्टे भगाउन सकिन्छ ।
एजेन्सीको सहयोगमा
The post यस्ता छन् लामखुट्टे भगाउने घरेलु उपाय appeared first on Sajha Post.