फाइल फाेटाे
काठमाडौं, ६ असार । वरिष्ठ न्यूरो सर्जन डा. उपेन्द्र देवकोटाको निधनपछि बाँसबारीस्थित न्युरो अस्पताल (नेशनल इन्स्टिच्युट अफ न्यूरोलोजिकल एण्ड एलाइट साइन्स) को नाम परिवर्तन गरिएको छ।
सोमबार निधन भएका डा. देवकोटाको नाम अस्पतालको नाम अघि थपेर नयाँ नामाकरण गरिएको हो ।
बुधबार कम्पनी रजिस्टारको कार्यालयमा पुगेर अस्पतालको नाम उपेन्द्र देवकोटा मेमोरियल नेशनल इन्स्टिच्युट अफ न्यूरोलोजिकल एण्ड एलाइट साइन्स कायम गरिउको छ ।
वरिष्ठ न्यूरो सर्जन डा. देवकोटाको नेतृत्वमा सन् २००६ अप्रिल १३ मा उक्त अस्पताल सञ्चालनमा आएको थियो।
The post डा. उपेन्द्र देवकोटाको निधनपछि बाँसबारीस्थित न्यूरो अस्पतालको नाम परिवर्तन appeared first on Sajha Post.